दक्षिण कोरियामा नेपाली साहित्य समाज गठन

९ आश्विन २०६९, मंगलवार २१:०६ मा प्रकाशित

पुष्पराज लामिछाने, सउल । दक्षिण कोरियामा रहेका नेपाली साहित्य प्रेमीहरुको साझा चौतारी नेपाली साहित्य समाज दक्षिण कोरिया गठन भएको छ । दक्षिण कोरिया स्थित बिभिन्न पेशामा आवद्ध रहेका स्थानिय नेपाली श्रष्टा तथा नेपाली साहित्य प्रेमीहरुको एक भेलाले कवयत्री प्रगती राईको संयोजकत्वमा ९ सदस्य तदर्थ समिति गठन गरेको हो । उपस्थित कवि तथा साहित्य प्रेमीहरुले उक्त भेलामा करीब दूई घण्टा सम्म आफ्ले सृजना गरेका कविता वाचनदेखि लिएर साहित्य सम्वन्धी जाने बुझेका रोचक कुराकानीहरु प्रस्तुत गरे । उनीहरुले एक अर्काका कविता वाचनलाई खुलेरै प्रसंशा समेत गरे । कार्यक्रममा सहभागी साहित्य प्रेमीहरु मध्ये हरीशरण न्यौपाने, शीशीर पाण्डे, प्रबीण राई, अनिल सर्मा सुबेदी, सुवास सापकोटा, रुद्र सर्मा, प्रगति राई, तथा रघु त्रिपाठीले कर्णप्रिय कबिताहरु वाचन गरेका थिए ।

यस अघी नेपाली साहित्यलाई विश्व परिवेशमा पुर्याउने उद्देश्यका साथ सउलको दोङ्देमुन स्थित फष्ट नेपाल रेष्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रमको आइतबार एक समारोहका बीच बरिष्ठ समाज सेवी तथा ब्यवसायी रुद्र सर्मा नेपाल पत्रकार महासंघका प्रमुख सल्लाकार रघु त्रिपाठी तथा कार्यक्रमकी संयोजक प्रगति राईले उद्घाटन गर्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथी रुद्र सर्माले आउँदा दिनमा यस्ता कार्यक्रम अझ व्यापक रुपले गर्न सकिने बताउँदै स्थानिय स्रष्ठाहरुको सृजना तथा प्रस्तुतीहरु अत्यन्त प्रभावकारी भएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली श्रष्टाहरुले वाचन गरेका कविता गजल सुनेपछि नेपाली कविहरु फुल मात्र नभै सृष्टिकै सुन्दर फुल भएको बताउँनु भयो । कार्यक्रममा पत्रकार रघु त्रिपाठीले साहित्य प्रेमीहरुलाई स्वागत गर्दै बिश्वको कहियौ मुलुकहरुमा नेपाली साहित्य समाज स्थापना भईसकेको जिकिर गर्दै दक्षिण कोरियामा पनि नेपाली साहित्य प्रेमीहरुको साझा संस्था स्थापना हुन लागेकोमा खुशी ब्यक्त गर्नु भयो। उहाँले नव स्थापित साहित्य समाजको दिगो बिकाशका साथै सफलताको सुभकामना ब्यक्त गर्नुभयो ।

आयोजकका तर्फबाट नव गठित समाजकी संयोजक तथा कवयत्री प्रगति राईले साहित्य यात्राको अनुभवमा आफ्नो नेतृत्वमा यस्तो नविनतम भेला पहिलोपटक भएको धारणा व्यक्त गर्नुभयो । उहाँले कोरियाको इतिहाँसमै अविस्मरणिय रहने अत्यन्तै शुन्दर कार्यक्रमलाई सफल पार्न आउँनुभएका सम्पूर्ण सृजनशिल श्रष्टाहरुलाई धन्यवाद ब्यक्त गर्दै यस कमिटिलाई अझ कृयाशिल तथा ससक्तरुपमा अगाडि बढाउन निकट भविष्यमै साहित्य प्रेमीहरुको बृहत भेला आयोजना गर्ने बताउनुभयो । पत्रकार सरोज खड्काद्धारा संचालित सो कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष पुष्पराज लामिछाने, हिमाल टेलिभिजनका रिपोटर लीलु डुम्रे, लगायतका अतिथिहरुले भाग लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने