अमेरिकाले भन्यो- चीनले आक्रमण गरे ताइवानको रक्षा गछौँ

५ कार्तिक २०७८, शुक्रबार १३:२९ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले चीनले ताईवानमाथि हमला गरे अमेरिकाले उसको रक्षा गर्ने चेतावनी दिएका छन् । ‘चीनले ताईवानमाथि आक्रमण गरे त्यसको उपर्युक्त जबाफ दिने प्रतिबद्धता जनाउँछौं,’ राष्ट्रपति बाइडेनले भने ।

तर, ह्वाईटहाउसका प्रवत्ताले राष्ट्रपतिको भनाईले ताइवानप्रति अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको धारणा व्यक्त गरेका छन् । यस्तै, बाइडेनको अभिव्यक्तिले चीनप्रतिको आफ्नो अडानमा कुनै परिवर्तन नहुने ताइवानले जनाएको छ ।

ताइवानलाई रक्षा गर्ने विषयमा अमेरिकाले लामो समयदेखि अस्पष्ट रणनीति अभ्यास गर्दैै आएको छ । यसको अर्थ चीनले ताइवानमाथि हमला गर्‍यो भने उसलाई कसरी रक्षा गर्ने भन्ने विषयमा अमेरिका पूर्ण रुपमा अस्पष्ट छ ।

चीनले ताइवानलाई आफूबाट बिभाजित भएको एउटा प्रान्तको रुपमा व्यवहार गर्दै आएको छ जबकी ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न मुलुक ठान्छ ।

ताइवानसँग अमेरिकाको कुनै कूटनीतिक सम्बन्ध छैन् तर उसलाई लामो समयदेखि हतियार बिक्री गर्दै आएको छ ।

बाइडेनको अभिव्यक्तिप्रति ताइवानको राष्ट्रपतिको कार्य तटस्थ छ । उसले चीनको दबाबको सामु पनि नझुक्ने र अमेरिकी समर्थनबाट उत्साहित नहुँने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लिस्बोन । पोर्चुगलमा संसद विघटन गर्दै अग्रिम निर्वाचनको घोषणा गरिएको छ । राष्ट्रपति मर्केलो रिबेलो डि सौसाले आइतबार संसद विघटन

काठमाडौं । भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन आगामी शनिबार काठमाडौं आउने भएकी छिन् ।

बान्जुल, गाम्बिया । गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोेले दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा

न्युयाेर्क।राइफल बाेकेर खिचेकाे तस्विर सामाजिक सञ्जालमा पाेस्ट गरेपछि अमेरिकाका एक सांसद विवादमा तानिएका छन् । विद्यालयमा भएकाे गाेलीकान्डपछि परिवारका सदस्यले