‘केजिएफ २’मा यशसँग नोराको रोमान्स

५ कार्तिक २०७८, शुक्रबार १३:२० मा प्रकाशित

काठमाडौं । पछिल्लो समय प्रतीक्षा गरिएको फिल्ममध्येको एक हो ‘केजिएफ २’ । सार्वजनिक टिजरले बनाएको रेकर्डले पनि दर्शकमा फिल्मलाई लिएर रहेको उत्साह प्रस्टियो । यसैले गर्दा पनि यश फिल्मसँग जोडिएकाे खबरले मिडियामा राम्रो स्थान पाउने गरेका छन् ।

फिल्म सन् २०२२ अप्रिलमा रिलिज गर्ने घोषणा निर्माण पक्षले गरिसकेको छ । दर्शकको अपेक्षाभन्दा धेरै पर रिलिज तोकिएको फिल्ममा नोरा फतेही पनि देखिने भएकी छिन् । फिल्ममा आइटम गीत राखिने छ, जहाँ दर्शकले यशसँग नोरालाई देख्न पाउनेछन् । बलिउडमा आइटम गर्ल भनेर चिनिएकी नोरासँग यशको डान्स हेर्न फ्यान उत्साहित छन् । यसको पहिलो सिरिजमा पनि मौनी रोय र तमन्ना भाटियाको आइटम डान्स दर्शकले हेर्न पाएका थिए ।

सन् २०१८ को डिसेम्बरमा रिलिज भएको फिल्म ‘केजीएफ’ मार्फत स्टार बने यश । फिल्मको ट्रेलरदेखि नै चर्चामा रहेका यश रिलिजपछि फ्लोअर्स बढाउन सफल भए । फिल्ममार्फत उनको स्टारडम बढिरहँदा यसको सिक्वेललाई लिएर फ्यान प्रतीक्षित बनेका हुन् ।

सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने उनले एक्सनमा नयाँ स्ट्न्ड गर्नेछन् । यसमा यशसँगै श्रीनिधि शेट्टी, रविना टन्डन पनि मुख्य भूमिकामा हुनेछिन् । सिक्वेलमा बलिउडका बाबा अर्थात् सञ्जय दत्त पनि देखिनेछन् । उनले भिलेनको भूमिका निर्वाह गर्नेछन् । फिल्म च्याप्टर फस्टझैँ पाँच भाषामा रिलिज हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी