अवैध भारतीय र नेपाली रुपैयांको कारोवारी पक्राउ

९ आश्विन २०६९, मंगलवार १९:५९ मा प्रकाशित

काठमाडौं, ९ असोज । भारतबाट नेपालतर्फ ल्याउँदै गरको ठूलो परिमाणको अवैध नेपाली र भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई मंगलबार सशस्त्र प्रहरी सिराहा माडरले पक्राउ गरेको छ । भारतको मधुबनी जिल्ला जयनगर नगरपालिका ९ घरभई जयनगरमा शंकर ग्लास हाउस सञ्चालन गरेका शेखर कुमार रुंगटा र जयनगर १ का अशोककुमार यादव पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट २२ लाख ३६ हजार नेपाली रुपैयाँ र २४ हजार भारतीय रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक इन्द्रराज कार्कीले बताए । नेपालमा हजारको भारतीय नोट प्रतिबन्धित रहेको छ ।
भारततर्फबाट बिआर३२ डी ९५२७ नम्बरको भारतीय मोटरसाइकल सिरहातफ आउँदै गरेको समयमा माडर चोहर्बा सडकखण्डको चन्द्र नारायण यादव मेटरनिटी होस्पिटल नजिक सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेको नेतृत्वमा चेक प्वाइण्ट थापेर चेकजाँच गर्ने क्रममा पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका रुंगटाले आफ्नो जयनगरमा रहेको पसलमा नेपाली ग्राहकबाट जम्मा भएको उक्त रकम प्रभु फाइनान्स लिमिटेड र जानकी मनी ट्रान्सफर सिरहाबाट जनकपुरका सुनचाँदी व्यवसायी शंकर साहको खातामा पठाउने बताए । भारतको दिल्लीमा मेरो बुवा राजकुमार रुंगटालाई भारतीय रुपैयाँ उपलब्ध गराउने भएकाले शंकरको खातामा आफूले उक्त रुपैयाँ पठाउन सिरहा आइरहेको बताए । तर शेखरकुमारले जयनगरमा नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्ने कारोबार गर्दै आएको एक भारतीय व्यापारीले बताए । नेपालीले भारतमा विभिन्न कामका लागि जाने क्रममा भारतीय रुपैयाँ एक सयको १ सय ६७ रुपैयाँ नेपालीमा साट्ने गरेका छन् । शेखरकुमारले सिरहास्थित विभिन्न मनी ट्रान्सफर र प्रभु फाइनान्सबाट जनकपुरका शंकर साहको विभिन्न खातामा पठाएर भारतमा नै पुनः भारतीय रुपैयाँ लिएर कारोबार गर्दै आएको भारतीय व्यापारीको कथन छ ।
जनकपुरका शंकर साह सुनचाँदी व्यवसायी भएकाले नेपालमा सुन सस्तो भएको समयमा उक्त रकम बराबरको सुन नै भारतीय व्यापारीलाई दिने गरेको भारतीय व्यापारी पंकज कुमारले बताए । यस्तो कारोबार गर्ने जयनगरका २५ जनाभन्दा बढी रहेको पंकजकुमारले भने । कारोबारीहरूले एकै पटकमा शंकर साहको विभिन्न खातामा दैनिक करोडौं रुपैयाँ पठाउने गरेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री