बुटबलमा सामसुङ मोबाइलको शो रुम

९ आश्विन २०६९, मंगलवार १९:४८ मा प्रकाशित

 चन्द्रकान्त खनाल, रुपन्देही, ९ असोज । सामसुङ कम्पनीद्वारा उत्पादित मोबाइल फोनको नेपालका लागि आधिकारिक विक्रेता नेशनल मोवाइल हबले बुटवलमा शो रुम संचालनमा ल्याएको छ । सामसुङ स्मार्ट फोन क्याफे नाममा संचालनमा आएको शो रुमको नेपालका लागि आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिसेजका अध्यक्ष दीपक मल्होत्राले मंगलबार उद्घाटन गरेका हुन् । शो रुमको उद्घाटन गर्दै मल्होत्राले शोरुमबाट मोबाइलको विक्रीसंगै ग्राहकलाई जानकारी र सेवा प्रदान गरिने बताए । नेशनल मोवाइल हबका प्रबन्ध निर्देशक कैलाश प्रधानले काठमाडौं पछि बुटवलमा शो रुम संचालनमा ल्याएको जानकारी गराउंदै यसबाट भारतीय बजारबाट हुने अवैध आयात रोकिने बताए । शोरुममा कम्पनीका एक हजार आठसय देखि ६५ हजार रुपैयां मुल्यसम्मका अत्याधुनिक प्रविधियुक्त स्मार्ट फोनसहित करिब २५ थरिका मोडलहरु उपलब्ध हुने प्रबन्ध निर्देशक प्रधानले जानकारी दिए । शो रुम उद्घाटनका अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष तेजकुमार पाठक, नेपाल करांते महासंघका केन्द्रीय अध्यक्ष दावा गुरुङ, भरत केसी, गोपाल अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस