खसीको मासु भन्दै बाख्राको मासु बेच्ने गिरोह पक्राउ

९ आश्विन २०६९, मंगलवार १९:४५ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ असोज । बाख्राको मासुलाई खसी बोकाको मासु भन्दै बिक्री गर्दै आएका व्यापारिक गिरोहलाई प्रहरीले आज बुटवलका विभिन्न पसलमा छापामारी पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूबाट बिक्रीका लागि काटेर झुन्ड्याइएका १३ वटा बाख्रासमेत बरामद गरेको छ । इलाका प्रहरी कार्यालयको टोलीले आज बिहान बुटवका विभिन्न मासु पसलमा छापामार्दा बाख्रा काटेर खसीको भन्दै बिक्रीका लागि पसलमा झुन्डाएर राखेको अवस्थामा बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।
प्रहरीले बुटवल–११ मा रहेको माइला मासु पसलबाट अस्लाम कुरैनी, राजु मुस्लीम, नहिम परैसी, छोटु खाँन, बुटवल–८ मा रहेको ताहिर मासु पसलका संसद खाँन, बुटवल–११ का फिरोज खान, बुटवल–४ को अकवाल मासु पसलका सोनु अहमद र बुटवल–११ कै सल्लु मासु पसलका समिम कुरैसीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई कालाबजारी ऐनअन्तर्गत कानुनी कारबाही अगाडि बढाइनेसमेत उहाँले जानकारी दिनुभयो । चाडपर्वको बेलामा उपभोक्तालाई ठग्ने नियतले यस्ता व्यापारी सक्रिय रहने भएकाले प्रहरीले आफ्नो सक्रियता बढाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक