अभिनेत्री अनन्या पाण्डेको घरमा एनसीबीकाे छापा

४ कार्तिक २०७८, बिहीबार १७:०९ मा प्रकाशित

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान गत २ अक्टोबरमा क्रुज सिपमा आठजना साथीसहित पक्राउ परे । उनी अहिले मुम्बईस्थित अर्थर रोडमा रहेको मुम्बई सेन्ट्रल जेलमा छन् ।

आर्यनले ड्रग्स सेवन नगरेको र उनीसँग नपाइएको भए पनि उनको साथीबाट भेटिएकाले एकै मुद्दा बनाएर नार्कोटिक्स कन्ट्रोल ब्युरोले कारवाही गरिरहेको छ । आर्यनलाई पक्राउ गरेर कारवाही गरिरहेको एनसीबीले बलिउड अभिनेत्री अनन्या पाण्डेको घरमा छापा मारेको छ ।

बलिउड अभिनेता चंकी पाण्डेकी छोरी अनन्याको बान्द्रास्थित घरमा एनसीबीको टीमले बिहीबार मध्यान्ह छापा मारेको हो । उनलाई बयानका लागि समेत बोलाइएको छ । तर, उनको घरमा छापा मार्नुमा आर्यन केसको लिंक रहे नरहेको बारे बताइएको छैन । अनन्या शाहरुखकी छोरी सुहाना खानकी मिल्ने साथी पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी