प्रधानमन्त्री देउवा सुदूरपश्चिममा, बझाङको प्रभावित क्षेत्रको निरीक्षण

४ कार्तिक २०७८, बिहीबार १७:०३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरुका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपाय हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुगेका छन् । यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट डडेल्धुरा, कञ्चनपुर हुँदै कैलाली जाने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा आज विहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरु एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किएका छन् । तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी