पूर्वप्रधानमन्त्री ओलीकाे कुरा सुन्दा करिश्मालाई आनन्द

'विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद' करिश्माले लेखेकी छन् । उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन् ।
४ कार्तिक २०७८, बिहीबार १७:०० मा प्रकाशित

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो ।

उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री ओलीलाई भेट गरेकी छन् ।

उनले भेटघाटको तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

‘विविध विषयमा उहाँको विचार सुन्दा आनन्द आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवाद’ करिश्माले लेखेकी छन् । उनीसँगै भेटघाटमा कलाकार जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी