संविधानका अन्तरवस्तुमा सहमति नभएसम्म सरकार परिवर्तन हुँदैन : मन्त्री बोगटी

९ आश्विन २०६९, मंगलवार १७:१८ मा प्रकाशित

काठमाडौं, ९ असोज । पर्यटन तथा नागरिक उड्ययन मन्त्री पोष्टबहादुर बोगटीले विधी र प्रक्रिया बाहिर गएर कुनै पनि आन्दोलनले सरकार ढाल्न नसक्ने भन्दै आन्दोलन औचित्यहीन भएको बताएका छन् । संविधानका अन्तरवस्तुमा सहमति बने कांग्रेसको नेतृत्वमा सरकार बन्ने अन्यथा आन्दोलनबाट सरकार हटाउने कुराले मुलुकमा द्धन्द्धबाहेक केही नहुने चेतावनी दिए ।
राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री बोगटीले नेपाली काग्रेसको अर्कमण्डयताले मुलुकले निकास पाउन नसकेको आरोप लगाउँदै कांग्रेस अनिर्णयको बन्दी बन्दा नै मुलुक अनिर्णयको बन्दी हुनुपरेको दावी गरे ।
सहमति नगरी कामचलाउ सरकारको राजिनामा मागेर कांग्रेस र एमालेले नै सरकार टिकाईरहेको दावी गर्दै उनले नेकपा–माओवादीको लौरो टेकेर काग्रेस र एमालेले पार नपाउने ठोकुवा गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार