एक महिनामै सरकार ढल्ने गजुरेलको दाबी

९ आश्विन २०६९, मंगलवार १६:५७ मा प्रकाशित

काठमाडौ, ९ असोज । नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न आफूहरुलाई एक महिना पनि नलाग्ने दावी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले बुधवार बैठक गरेर आन्दोलनको कार्यक्रम ल्याउने जानकारी दिदै सो आन्दोलनको आधिबेहरीले प्रचण्ड र उनको गठबन्धनलाई उडाएर लैजाने चेतावनी दिए । उनले आन्दोलनको प्रकृति प्रलयकारी हुने भएकोले सरकार ढल्न एक महिना पनि नलाग्ने दाबी गरे । आन्दोलनको सफलतापछि सहमतिको सरकार र यसको नेतृत्वको विषयमा छलफल गर्ने पनि उनले बताए ।
भोली नेतृत्वको लागि आफूहरुको समेत दावी रहन सक्ने तर अहिले प्रचण्ड र बाबुरामले सहजै सरकार नछाड्ने भएपछि आन्दोलन निर्विकल्प बनेको उनको कथन थियो । प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नढाले मुलुकको राष्ट्रियता नरहने, मुलुक असफल राष्ट्र बन्ने, जनताका अधिकार झन झनै खोसिदै जाने भएकोले पनि सरकार ढाल्नु अनिवार्य भएको उनको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार