करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

२ कार्तिक २०७८, मंगलवार १४:१२ मा प्रकाशित

काठमाडौं । बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको ‘कहानी’ दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो ।

यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए ।

थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ । करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । ‘सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए,’ करिनाले भनिन् ।

सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । ‘मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ,’ सुजोयले भने । करिना अभिनित ‘लालसिंह चड्डा’ आउँदो फेब्रुअरीमै रिलिज हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी