उत्तराखण्डमा पहिरोमा पुरिएर ३ नेपालीसहित १७ जनाको मृत्यु

२ कार्तिक २०७८, मंगलवार १४:०५ मा प्रकाशित

उत्तराखण्ड । भारतको उत्तराखण्डमा भारी वर्षापछि आएको बाढी पहिरोमा कम्तिमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाली पनि छन् । तीन दिनदेखि परेको भीषण वर्षापछिको बाढी र पहिरोमा केही मानिस हराइरहेका छन् । बाढीले सडक, भवन र पुलमा ठूलो क्षति पुर्‍याएको छ भने पर्यटकहरु बिचल्लीमा परेका छन् ।

पाउरी जिल्लामा वर्षापछिको पहिरोमा बगेर मृत्यु भएका पाँच जनामध्ये तीन नेपाली श्रमिक रहेको जिल्ला म्याजिस्ट्रेट विजय कुमारले भारतीय समाचार संस्था एनडीटीभीलाई बताए । उत्तराखण्डमा अझै केही दिन वर्षा हुने भारतको जलबायु तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार