फेवातालमा ‘डुबेका’को उद्दार

९ आश्विन २०६९, मंगलवार १६:४० मा प्रकाशित

पोखरा, ९ असोज । फेवातालमा वर्षेनी डुंगा दुर्घटना भई केयनको मृत्यु हुने गरेको यर्थालाई मध्यनजर गर्दै मंगलबार आकस्मिक उद्दार कार्यको रिहलसल गरिएको छ । मंगलबार बिहानै फेवातालमा डुंगामा सवार रहंदा डुबेका विदेशी पर्यटकसहित १० जनालाई सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले उद्दार गरेको थियो । डुंगा र मोटरबोटका साथै उद्दार कार्यमा हेलिकप्टर समेत परिचालन गरिएको थियो।
नजिकैको रत्नमन्दिरमा रहेको हेलिकप्टर आवश्यक उपकरणसहित फेवातालको बीचमा गुहार माग्दै गरेका व्यक्तिको उद्वारमा तत्काल नपुगेको भए ठूलो अनिष्ट निम्तिने अवस्थाको दृश्यचित्रण भएको थियो जसलाई स्थानीयले सांच्चैको घटना ठानी कहालिएर अवलोकन गरेका थिए ।र्
ैयस्तै घटना फेरी दोहोरिए थप ज्यान जान नपाओस् भनेर फेवातालमा विपतको यस्तो आपतकालिन उद्वार अभ्यास गरिएको बताइएको छ । अभ्यासमा चितवनको कुरिनटारस्थित सशस्त्रको विपत व्यवस्थापन तालिम केन्द्रका सेना, प्रहरी र सशस्त्रका सयभन्दा बढी सुरक्षाकर्मी खटिएका थिए।
करिब एकघण्टा लामो उद्वार अभ्यासका क्रममा परिचालित सेना, प्रहरी र सशस्त्रले सफलतापूर्वक तालमा डुबेका सबैको उद्वार गरेका थिए। उद्वारमा विभिन्न उपकरण सहित तालिम प्राप्त दुईवटा कुकुर समेत परिचालन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयको संवादहीनता तोडिएसँगै राजनीतिक