माओवादीको संस्थापन पक्षले बैद्यपक्ष विरुद्ध रणनीति तय गर्न छलफल गर्दै

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
६ चैत्र २०६८, सोमबार ११:१४ मा प्रकाशित

UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)
UCPN Maoist Chairman Puspa Kamal Dahal (File Photo/Reuters)

काठमाडौ, ६ चैत । आफ्नै पार्टी बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले सार्वजनिक गरेको आन्दोलनको प्रतिवाद गर्ने बारेमा छलफल गर्न एकीकृत माओवादी संस्थापन पक्षको बैठक आज पनि बस्दैछ । बैद्य पक्षको आन्दोलनको कार्यक्रम र संस्थापन पक्षको आधिकाररिक धारणा तय गर्नेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष डा बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्य, पोलिटव्यूरो तथा स्थायी समिति सदस्यहरुको आज छुट्टै भेला हुन लागेको हो । यसअघि हिजो पनि बैद्य समूहको भण्डाफोर कार्यक्रम विरुद्व अर्को भण्डाफोर कार्यक्रम सार्वजनिक गर्ने बारेमा संस्थापन पक्षको अनौपचारिक छलफल भएको थियो । आजको छलफलको समय र स्थानको बारेमा टुङ्गो लगाउन पार्टी नेतृत्वबीच छलफल भइरहेको माओवादी पोलिटव्यूरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो । माओवादी संस्थापन पक्षभित्र बैद्य समूहसँग प्रतिकार गरेर अघि बढ्ने वा छलफल गरेर सहमति गर्ने भन्नेमा नेताहरुबीच एक मत नभएको स्रोतले बताएको छ । अस्ति बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले पार्टीको संस्थापन पक्ष र अहिलेको सरकारविरुद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि माओवादीभित्रको विवाद फेरि सतहमा आएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई