पूर्ण बजेटको अभावमा विदेशी लगानी अन्यत्र जाने खतरा : मन्त्री त्रिपाठी

९ आश्विन २०६९, मंगलवार १६:०२ मा प्रकाशित

काठमाडौं, ९ असोज । भौतिक योजना, निर्माण तथा यातायात ब्यवस्थामन्त्री हृदयेश त्रिपाठीले पूर्ण बजेट नआएर नयाँ कार्यक्रममा सम्झौता गर्न नसक्दा विश्व बैंक, एसियाली विकास बैंक जस्ता लगानी कर्ताहरु अन्यदेशमा यहाँको लगानी लैजान बाध्य हुन थालेको बताएका छन् ।
राजधानीमा मंगलबार आयोजित साक्षात्कारमा मन्त्री त्रिपाठीले ‘सरकारको नीति तथा कार्यक्रममा नपरेको कार्यक्रममा विदेशी लगानी कर्ताले लगानी गर्दैनन्, फागुनमा भएको सम्झौता अघिल्लो कार्यक्रममा नपर्दा सोही अनुसारको एक तृतियांश बजेट आउँदा सम्झौता खारेज भएर लगानी बहिर जाने अवस्था आएको’ बताए । उनले मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र रेल्वे पनि यसै कारण प्रभावित बनेको भन्दै एक तिहाईमा ठूला कुनै पनि अयोजना नभएकोले काम हुन नसकेको जनाए ।
बजेट सरकारको नभई देशको लागि हुने भएकोले पूर्ण बजेट रोक्नु गैरजिम्मेवारपूर्ण र आर्थिक अपराध भएको भन्दै यसपटकको नजीरले गर्दा अब बन्ने सरकारले समेत पूर्ण बजेट ल्याउन नसक्ने मन्त्री त्रिपाठीले ठोकुवा गरे ।
अब मंसिरसम्म कर्मचारीको तलब बाड्ने बाहेक कुनै पनि विकास निर्माण कार्य नहुने भन्दै काठमाडौं सडक विस्तार कार्य पनि रोकिएको गुनासो गरे । त्रिपाठीले काठमाडौंमा मात्र १ सय ४० किलोमिटर सडक विस्तार गर्ने योजना रहे पनि ८० किलोमिटर मात्रै विस्तार हुन सकेको र विस्तार भएका पनि निर्माण हुन नसकेको कारण एक तिहाई बजेट नै भएको गुनासो गरे ।
उनले आफूले नेपालका निर्माण ब्यवसायीलाई सक्षम बनाउने गरी कुनै पनि विदेशीले ठेक्का पाएको आयोजनामा नेपाली साझेदार राख्नु पर्ने स्पष्ट प्रावधानसहितको ब्यवस्था गर्न लागेको भन्दै नेपालमा नभएको सिपलाई विदेशीबाट भित्राउनु पर्ने बताए ।
साक्षात्कारमा नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष जयराम लामिछानेले दलहरुले पूर्ण बजेट ल्याउने विषयमा सहमति नगरे दशैपछि निर्माण ब्यवसायीहरु काम नपाएर खिया लाग्न थालेका उपकरण सडकमा तेर्साएर आन्दोलनमा उत्रने घोषणा गरे । उनले साँगादेखि तिनकुने र नौविसेदेखि थानकोटसम्म आफ्ना उपकरण सडकमा थुपारेर सडक ठप्प पारेर आन्दोलन गर्ने चेतावनी दिए ।
विदेशी विना विकास हुँदैन भन्ने मन्यताका कारण नेपाली निर्माण ब्यवसायीहरुको क्षमत अभिबद्धि हुन नसकेको गुनासो गर्दै यस्तै रहने हो भने एक दिन नेपालले लुम्बिनी र सगरमाथा बेचेर पनि विदेशी ठेकेदारहरुको दावी तिर्न नसक्ने चेतावनी दिए ।
साक्षात्कारमा महासंघका पूर्व अध्यक्ष रमेश शर्माले निर्माण ब्यवसायी क्षेत्रसँग रोड गिटि, रड, सिमेन्ट, बालुवा सहित धेरै क्षेत्र आश्रित रहेकोले पूर्ण बजेट आएर मुलुक आर्थिक रुपम चलायमान नहुने हो भने मुलुकमा भयावह अवस्था आउने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर