साफ उपविजेता नेपाली टिम स्वदेश फिर्ता

१ कार्तिक २०७८, सोमबार १६:५८ मा प्रकाशित

काठमाडौं । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपदाधिकारी लगायतले भव्य स्वागत गरे ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताई भने फाइनल अघि नै राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन,।

यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् । यसअघि रोहित जाकार्ताबाट सिधै माल्दिभ्स पुगेका थिए ।

पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो ।

लिग चरणमा नेपालले माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले हराएको थियो । यस्तै भारतसँग १-० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

काठमाडौं । मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ । क्यानले एसीसी यू–१९ पुरुष

काठमाडौं । कप्तान भरत खवासको निर्णायक गोलमा त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ