एनआरएनए संरक्षक परिषदको कार्यकाल समाप्त

१ कार्तिक २०७८, सोमबार १६:४९ मा प्रकाशित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को संरक्षक परिषदको कार्यकालसमेत समाप्त भएको छ । गैरआवासीय नेपाली संघको विधान परिच्छेद ६ को १६ धारा अनुसार संरक्षक परिषदको कार्यकाल दुई वर्षका लागि हुने प्रष्ट व्यवस्था अनुरुप संघका पूर्वअध्यक्ष शेष घलेको प्रमुख संरक्षकत्वमा रहेको सो परिषदको म्याद सकिएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार बसेको ८० औं बैठकले संघको कार्यकाल ६ महिनाको लागि थप गरेको हो । तर संरक्षक परिषदको म्याद थप्ने वैधानिक व्यवस्था नभएको हुँदा सो परिषद स्वतः निस्कृय हुन पुगेको हो ।

गैरआवासीय नेपाली संघको गत वर्ष अक्टोवर १९ तारिख बसेको ६९ औं बैठकले दुई वर्षको लागि संरक्षक परिषद गरेको थियो । संरक्षक परिषदमा घले सहित पूर्वअध्यक्षहरु डा उपेन्द्र महतो, देवमान हिराचन, जिवा लामिछाने, भवन भट्ट र रामप्रताप थापा रहेको थिए ।

संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन ताकिएको समयमा हुन नसके पछि प्रमुख संरक्षक शेष घलेले विधानमा रहेको संरक्षक परिषदको व्यवस्थालाई टेकेर कार्यसमितिको अधिकार आफ्नो हातमा लिन खोजेपछि विवादमा तानिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी