हुम्ला हिंडेका बेलायती नागरिक बेपत्ता

९ आश्विन २०६९, मंगलवार १३:५८ मा प्रकाशित

काठमाडौं, ९ असोज । हुम्लाको लिमी उपत्यकामा घुम्न जाँदै गरेका पाउल नामका एक वेलायती नागरिक जाजरकोटबाट बेपत्ता भएका छन् । नेपाली गाइड र भरियाको साथ रहेका पाउल उनीहरुको साथ छाडेर मंगलबार विहानै बेपत्ता भएको बताइएको छ ।
जाजरकोट खगालगाउँ गाविसको छउसमा राति बास बसेका पाउलले आफूसँग रहेका नेपालीहरुलाई छाडेर गएको भरियाहरुलाई उद्धृत गर्दै बताइएको छ । पाउल बेपत्ता भएपछि प्रहरीले ओसो भिजन ट्रेकिङका नेपाली पथप्रदर्शक अर्जुन भट्टराईसहित ४ जना भरियालाई घटनाका बारेमा सोधपुछ गर्न नियन्त्रणमा लिएको हुम्ला प्रहरीले जनाएको छ ।
हराएका बेलायती नागरिक पाउलले काठमाडौंस्थित ट्रेकिङ कम्पनीलाई तीन लाख शुल्क नवुझाएका र गत असोज–४ गते हुम्ला पुगेका उनले जिविस हुम्लामा तेस्रो मुलुकबाट आउने पर्यटकले बुझाउनु पर्ने शुल्कवापतको १० डलर पनि नबुझाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरवहादुर विष्टले जानकारी गराएका छन् । यसरी पाउल एक्कासी साथी छलेर हराउनुमा कतै यही कारण त छैन भन्ने आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित