पूर्वप्रहरी प्रमुखलाई चीनमा १५ वर्षको जेल सजाय

९ आश्विन २०६९, मंगलवार १३:४९ मा प्रकाशित

बेइजिङ, ९ असोज । चीनको चुङकिङ नगरमा मेयर रहेका बो सीको भ्रष्टाचार र हत्याकाण्डमा मुछिएका त्यहाँका पूर्व प्रहरी प्रमुख वाङ लिजुनलाई चीनको एक अदालतले १५ वर्ष जेल सजायको फैसला सुनाएको छ। चेङडुको अदालतमा दुई सातासम्म चलेको सुनुवाईमा वाङलाई आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पदको दुरुपयोग गरेको, भ्रष्टाचार गरेको र बेलायती व्यापारीको हत्या ढाकछोप गर्ने प्रयास गरेको अभियोगमा दोषी ठहर्‍याइएको थियो।
बेलायती व्यापारी निल हेउडको हत्याबारे वाङले गत फेब्रुअरीमा चीनस्थित अमेरिकी दुतावासमा राजनीतिक शरण लिन खोजेका थिए। चिनियाँ राजनीतिमा द्रुत गतिमा प्रभावशाली बन्दै गएका चुङकिङका मेयर बो र उनकी पत्नी गु काइलाई यसपछि निलको हत्यामा संलग्न रहेकोले पक्राउ परेका थिए।
केही साताभित्रै चीनमा कम्युनिस्ट पार्टी र सरकारको नेतृत्व फेरिन लागेका बेला पूर्व प्रहरी प्रमुख वाङको मुद्दामा जेलसजायको फैसला सुनाइएको छ।
बेलायती व्यापारी निल हेउडको हत्या मुद्दामा बोकी पत्नी गुलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो। तर अदालतले मृत्युदण्डको फैसला स्थगन गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका