चेन्नईले चौंथोपटक जित्यो आईपीएल उपाधि

३० आश्विन २०७८, शनिबार १४:३१ मा प्रकाशित

दुबई । भारतमा जारी १४ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबई इन्टरनेशनल स्टेडियममा भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै तीनपटकको विजेता चेन्नईले चौथोपटक ट्रफी उचाल्यो । चेन्नई यसअघि २०१०, ०११ र ०१८ मा विजेता बनेको थियो ।

दुबई इन्टरनेशनल स्टेडियममा टस गुमाएर ब्याटिङको निम्तो पाएको चेन्नईले ३ विकेटको क्षतिमा १९२ रनको विशाल लक्ष्य प्रस्तुत गर्‍यो । फाफ डुप्लेसिसले सर्वाधिक ८६ रन जोडे । मोइन अलीले ३७, रुतुराज गायकवाडले ३२ रन जोडे ।

१९३ रनको लक्ष्य पछ्याएको कोलकाता ९ विकेटको क्षतिमा १६५ रनमा समेटियो । २७ रनले उपाधि गुमायो । कोलकाताले राम्रो सुरुवात गरे पनि मध्यतिर लय गुमायो । कोलकाताका लागि शुभमन गिलले सर्वाधिक ५१ रन बनाए । वेंकटेश अय्यर ५० र शिभम माभी २० रनमा समेटिए । अरुले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतियोगितामा चेन्नईका युवा ओपनर रुतुराज गायकवाडले यो सीजनमा ओरेन्ज क्याप जिते । उनी सबैभन्दा कम उमेरमा ओरेन्ज क्याप जित्ने खेलाडी बने । रुतुराजले १६ खेलमा ४५.३६ को औसतका साथ ६३५ रन बनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी