ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा लडेर मृत्यु

३० आश्विन २०७८, शनिबार १४:३० मा प्रकाशित

खोटाङ । खोटाङमा ससुरालीबाट टिका थापेर घर फर्कनेक्रममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा टिका लगाएर घर फर्कनेक्रममा संखुवासभाको चैनपुर नगरपालिका–८ चैनपुरका ४९ वर्षीय लेखबहादुर राउतको मृत्यु भएको हो । राउतको शुक्रबार बाम्राङकै नंग्रेखोलामा भीरबाट करिब ५० मिटर तल खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

मादक पदार्थ सेवन गरेका कारण राउत लडेको अनुमान गरिएको छ । राउतको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल पु¥याइएको प्रहरीले जनाएको छ । घट्नाका विषयमा अनुसन्धान अघि बढाइएको डिएसपी लम्सालले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी