सांसदको हत्यामा मुस्लिम अतिवादीको संलग्नताः बेलायत प्रहरी

३० आश्विन २०७८, शनिबार १४:२६ मा प्रकाशित

लन्डन । बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ । डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा शुक्रबार छुरा प्रहार गरी हत्या भएको थियो । आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक २५ वर्षीय बेलायतीलाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरुले अहिले लन्डन क्षेत्रका दुई ओटा ठेगाना खोजी गरिरहेका छन् । सो हमला एक जना व्यक्तिले नै गरेको प्रहरीको विश्वास छ । तर, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्ति इसेक्समा थुनामा छन् । उनी सोमालियाली मूलको बेलायती नागरिक भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । साउदइन्ड वेस्टबाट प्रतिनिधित्व गर्ने ६९ वर्षीय डेभिडको शुक्रबार एउटा चर्चमा चक्कु प्रहर गरी हत्या भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली काँग्रेसले ६ वटा प्रदेशमा प्रथम अधिवेशन सम्पन्न गरेको छ । सोमबार बिहानसम्म प्रदेश १, वागमती, गण्डकी, लुम्बिनी,

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्को कार्यकाल पार्टीको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । अब देउवासँग भिड्ने को

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निरत्साहित नहुन पराजित भएका उम्मेदवारहरुलाई आग्रह गरेका छन् । एक अपिल जारी

काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षी ४ नेता छलफलमा जुटेका छन् ।  पौडेल निवास बोहराटारमा सभापतिका आकांक्षी