राष्ट्रपति ओबामासंग भेट्दा परराष्ट्रमन्त्री श्रेष्ठले कृतज्ञता व्यक्त गर्न भ्याएनन् !

९ आश्विन २०६९, मंगलवार १३:३३ मा प्रकाशित

काठमाडौं, ९ असोज । संयुक्त राष्ट्र संघको ६७ औं महासभामा भाग लिन न्युयोर्क पुगेका उपप्रधानमन्त्री एवम परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अमेरिकी राष्ट्रपति बाराक ओबामासंग भेट गर्ने अवसर पाएका छन् । महासभामा सहभागी राष्ट्रहरुका प्रतिनिधीमण्डल प्रमुखहरुको सम्मानमा सोमबार राति अमेरिकी राष्ट्रपति ओबामाद्वारा आयोजित रिसेप्सनमा श्रेष्ठको छोटो भेटवार्ता भएको हो । सामान्य परिचयपछि अमेरिकी राष्ट्रपति ओबामाले नेपालको वर्तमान अवस्था बारे बिशेष गरि शान्ति प्रक्रिया बारे उपप्रधानमन्त्री श्रेष्ठसँग जानकारी लिएका बताइएको छ । माओवादी पार्टीलाई आतंककारी सुचीबाट हटाईएको बिषयमा ओबामासमक्ष कृतज्ञता व्यक्त गर्ने श्रेष्ठको चाहना भने समयको पाबन्दीका कारण पुरा नभएको बुझिएको छ् ।
यसैबीच परराष्ट्रमन्त्री श्रेष्ठले ६७ औं महासभाको आफनो पहिलो सहभागिताको रुपमा सोमबार बिहान कानुनी शासनसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । महासभा कक्षमा आयोजित उच्चस्तरीय बैठकमा बोल्दै श्रेष्ठले कानुनी शासनले अन्तर्राष्ट्रियस्तरमा मात्र नभएर राष्ट्रिय स्तरमा त्यतिकै महत्वपुर्ण अर्थ राखेको बताएका थिए । सामाजिक असमानता, गरिबीलाई सम्बोधन गर्न राजनितीक आर्थिक र सामाजिक बिषयको सशक्तताका लागि कानुनी शासन जरुरी रहेको श्रेष्ठको तर्क थियो । उनले अति कम विकसित राष्ट्रहरुलाई आर्थिक, समाजिक द्वन्द्वबाट माथि उठाउन अन्तर्राष्ट्रिय क्षेत्रको सहयोग र समन्वयको आश्वयकता औल्याएका थिए ।
परराष्ट्रमन्त्री श्रेष्ठले सोमबार नै दक्षिण कोरियाली बिदेशमन्त्री किन सुङ हवान र बहराईनका समकक्षी शेख खालिद बिन अल खालिफा सँग छुट्टाछुटै द्विपक्षीय वार्ता गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको