अब्दुल्लाहले साफपछि नेपाली टोली नहेर्ने, राजीनामा दिने घाेषणा

२८ आश्विन २०७८, बिहीबार ०७:२७ मा प्रकाशित

काठमाडौं । नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मुख्य प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिने भएका छन् ।

बुधबार साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग बराबरी खेल्दै पहिलो पटक नेपाललाई फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाहले खेलपछिको प्रेस कन्फरेन्समा नेपाली टोलीको मुख्य प्रशिक्षक पदबाट राजीनामा दिने बताएका हुन् । उनले साफ च्याम्पियनसिपपछि आफू नेपाल नआई सोझै कुवेत फर्किने बताएका छन् ।

अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पल्ट फाइनल यात्रा तय गरेको छ । फाइनल पुग्न एक अंक आवश्यक्ता रहेको अवस्थामा बंगलादेशलाई अन्तिम समय बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफको इतिहासमा २८ बर्षपछि फाइनल पुग्न सफल भएको हो ।

यस अघि गत फागुनमा नेपाल झरेका अब्दुल्लाह चैतमा मुख्य प्रशिक्षकको रुपमा भित्रिएका थिए । पछिल्लो समय एन्फा विबादमा मुछिएका अब्दुल्लाहले बारम्बार मुख्य प्रशिक्षक जिम्मेवारीबाट हट्ने बताउँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान

काठमाडौं । नेकपा एमालेको सात वटा प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये बहुमत सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेको १०औँ

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार