मलेसियामा नेपाली युवालाई मृत्युदण्डको फैसला

९ आश्विन २०६९, मंगलवार १२:५६ मा प्रकाशित

काठमाडौ, ९ असोज । मलेशियामा लागूऔषध कारोबार गरेको अभियोगमा २००३ मे ३० मा पक्राउ परेका नुवाकोट, बसुन्चेत १ का हरिबहादुर घलेलाई मृत्युदण्ड दिनेबारेको उच्च अदालतको फैसलालाई क्वालालाम्पुर सर्वोच्च अदालतले पनि सदर गरेको छ । घलेको बचाउमा गरिएको आवेदन खारेज गर्दै मंगलबार पुरानै मृत्युदण्ड फैसलालाई सदर गरिएको हो । 
घलेको विषयमा क्वालालाम्पुरस्थित नेपाली दुतावासले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्ती अनुसार मलेशियामा तीन वर्ष काम गरी घर फिर्ने क्रममा र होटेलको कोठामा बसिरहेकै बेला घले पक्राउ परेका थिए । घलेले अर्का चिनारु कामदार गणेश तामाङको आग्रहमा एउटा झोला बोकेका थिए । त्यही झोला खानतलासी गर्ने क्रममा ८ सय ७५ ग्राम हिरोइन फेला परेको आधारमा प्रहरीले घलेलाई पक्राउ गरेको थियो । उक्त घटनामा मुख्य व्यक्ति मानिएका झोला मालिक गणेश तामाङ्ग भने घटना हुनुपूर्वै फरार भइसकेको दुतावासलाई जानकारी भएको थियो ।
घलेसँगै पक्राउ परेका साजन गुरुङ स्वास्थ्य समस्याबाट ग्रसित भएर उपचार क्रममैं मलेशियास्थित काजंग अस्पतालमा गत २०१० जनवरी २० मा निधन भइसकेको छ ।
लामो समयसम्म विदेशको जेलमा रहेका घलेको घरको आर्थिक अवस्था दयनीय रहेको दुतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मलेशियाको प्रहरी प्रशासनले घलेलाई लागूऔषध सम्बन्धी नियम १९५२ को दफा ३९ अन्तर्गत मद्दा चलाएको र यसै क्रममा जालन दत्त उच्च न्यायलयले २००९ नोभेम्बर २६ मा उनलाई मृत्यूदण्ड दिने फैसला गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल