फ्लोरिना बनिन् सुपर डान्सर

२६ आश्विन २०७८, मंगलवार १३:२० मा प्रकाशित

काठमाडौं । डान्सिङ रियालिटी शो ‘सुपर डान्सर’को च्याप्टर ४ को उपाधि फ्लोरिना गोगोइले जितेकी छन् । उनले अन्तिम ५ मा रहेका अन्य प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन् ।

अभिनेत्री शिल्पा शेट्टी, निर्देशक अनुराग बासु र कोरियोग्राफर गीता कपुर निर्णायक रहेको रियालिटी शोमा आउने हरेक अतिथिहरूले फ्लोरिनाको डान्स र एक्सप्रेसनको चर्चा गर्ने गरेका थिए ।

‘फ्लोरिना मात्र होइन, अन्तिम ५ मा रहेका सम्पूर्णले त्यो ट्रफी डिजर्भ गर्थे’, निर्णायक गीताले भनिन् । फ्लोरिनाले आफूलाई शो जिताएर भोट गर्नेलाई धन्यवाद दिएकी छन् । ‘मलाई जिताउने सम्पूर्णलाई धन्यवाद’, उनले शोमा नै सानो प्रतिक्रिया दिएकी छन् ।

उनले टाइटल जितेसँगै १५ लाख भारु नगद जितेकी छन् भने उनका गुरु तुषारले पनि पाँच लाख भारु नगद जितेका छन् । उनले आफूलाई विश्वास गरेर प्रशिक्षण दिने तुषारलाई समेत धन्यवाद दिएकी छन् ।

‘मैले यो पललाई सम्झिनेछु किनकि यो मेरो जीवनको खास पल हो’, फ्लोरिनाले भनिन्, ‘मेरो भविष्य नै नृत्य हो, अब नयाँ स्टाइलमार्फत नृत्यलाई दर्शक समक्ष लैजान्छु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

एजेन्सी । बलिउड अभिनेता ज्याकी श्रफकी छोरी कृष्णा श्रफ आफ्नो बोल्डनेशका कारण प्राय चर्चामा आईरहन्छिन् ।फिल्मी तथा ग्ल्यामरस क्षेत्रबाट दुरी बनाएकी

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारत छोड्न प्रतिबन्ध लगाइएको छ । उनलाई आइतबार मुम्बई विमानस्थलमा रोकिएको हो । उनी

निया शर्मा एक अभिनेत्री हुन् जसको चर्चा अभिनय वा मोडलिङभन्दा सामाजिक सञ्जालमा गरिएको पोष्टको कारण निकै चर्चित हुने गरेकी छिन्

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी आफ्ना हट तथा बोल्ड तस्विरहरुबाट इन्टरनेटमा अक्सर सनसनी मच्चाइरहेकी