आफ्नै छोरीलाई जिउंदै नहरमा फाल्ने आमा पक्राउ

९ आश्विन २०६९, मंगलवार ०९:२६ मा प्रकाशित

रौतहट, ९ असोज । दुई वर्षीया छोरीको हत्याको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ३ असोजमा कनकपुर–२ स्थित बम नहरको कल्भर्टमा पानीमा डुबेर मरेको दुई वर्षीया बालिकाको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दा आमाबाबुले नै बालिकालाई नहरको पानीमा फालेर मारेको रहस्य खुलेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले मृतककी आमा ३० वर्षीया कुश्मी खातुनलाई सार्वजनिक गरेपछि घटना प्रकाशमा आएको हो । कनकपुर–२ का शेख जोखन र उनका तेस्रो पत्नी ३० वर्षीया कुश्मी खातुनका सन्तान दुई वर्षीया जुमिनी खातुनलाई घरायसी विवादमा हत्या गरेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा छोरी हत्याको आरोपमा पक्राउ परेकी खातुनले भनिन्, ‘पतिले घर चलाउने खर्च दिएनन् । मलाई देवरले निर्घात कुटपिट गरेपछि रिसको झोकमा छोरीलाई ज्युँदै नहरमा फालेर भागें ।’ पतिसँग झैझगडा र वादविवाद भएपछि दुवैको दाम्पत्य जीवनबाट जन्मेकी बालिका जुमिनी खातुनको हत्या गरेको उनले स्विकारेकी छन् ।
खातुनको पनि पहिलो पतिबाट १० वर्षीय छोरा सलाउदिन र पाँच वर्षीय छोरा मैनुदिन छन् । बारा बरेवाका विदेशी मियाँसँग दाम्पत्य जीवनमा बाँधिएकी खातुनले पहिलो पतिलाई छाडेर दुई पत्नी भएका कनकपुर–२ का शेख जोखनसँग दोस्रो विवाह गरेकी थिइन् । खातुन शेख जोखनकी तेस्री पत्नी हुन् ।
यसैबीच रौतहट, धर्मपुर–६ बाट प्रहरीले हतियारसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ परेका २९ वर्षीय चनरदेव राय यादवसँग एक थान नलकटुवा पेस्तोल र दुई राउन्ड गोलीसमेत प्रहरीले बरामद गरेको छ । धर्मपुर–६ का विजय राय यादवलाई पटक–पटक धम्की दिने गरेको आरोपमा पक्राउ परेका यादवसँग प्रहरीले सोधपुछका क्रममा घरमा हतियारसमेत रहेको सुइँको पाएपछि खानतलासी गर्दा लुकाइराखेको एकनाले नलकटुवा पेस्तोल र गोली फेला पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल