छिटो धनी बन्ने सपना नदेख्न उद्योगीलाई मुख्यसचिवको आग्रह

९ आश्विन २०६९, मंगलवार ०९:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ असोज । नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले छिटो धनी बन्ने सपना नदेख्न उद्योगी ब्यापारीहरुलाई आग्रह गरेका छन् । सोमबार भएको बुटबल उद्योग बाणिज्य संघको ५९औ साधरण सभालाई सम्बोधन गदै मुख्यसचिब पौडेलले सपना नदेखी उद्योगमा लगानी केन्द्रीत गर्ने निजी क्षेत्रलाई
आग्रह गर्नुभयो ।

सो उदघाटन सभामा बोल्दै मुख्यसचिब पौडेलले रेमिट्यान्सको अर्थतन्त्रले मुलुकमा आर्थिक र सामाजीक बिकृति ल्याउने बताउनु भयो । पौडेलले दक्ष जनशक्ति विदेसियर आर्जन हुने रेमिट्यान्स आफैमा जोखीम पुर्ण रहेको
बताउनु भयो । रुग्ण उद्योग संञ्चालनका लागी गृहकार्य भैरहेको उहांको भनाई थियो । मुख्यसचिब पौडेलले अधिकतम खुद्रामुल्य एमआरपीका कारण ब्यापार ब्यबसाय गर्नसमस्या भए त्यसलाई सहज बनाउन संसोधन गर्नसकिने समेत बताउनु भयो । साधरणसभामा बिभिन्न उद्योगीहरुले आफना समास्याका बारेमा बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ

मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि २९ गतेसम्म बन्द