भारतीय उच्चाधिकारीको टोली नवलपरासीमा

९ आश्विन २०६९, मंगलवार ०८:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ असोज । नवलपरासीको गण्डक क्षेत्रमा एक हप्तादेखि भैरहेको नदी कटान नियन्त्रणका लागि भारतीय उच्च अधिकारीको एक टोली नवलपरासी आएको छ । टोलीमा भारतका गण्डक सम्बद्ध वरिष्ठ ईन्जिनियर एस एन शर्मा, एक्जक्युटिभ ईन्जिनियर आर एस बर्मा र अधिशासी अभियन्ता आर के बर्मा छन् । घटनास्थलमा नेपालका गृह र परराष्ट्र मन्त्रालयका सहसचिवहरु पनि पुगेका छन् । कटान नियन्त्रणका लागि एक्साभेटरले काम थालेको छ । नदी किनारमा तारजाली भर्ने काम पनि तिव्र गतिमा इरहेको जुनियर ईन्जिनियर एम के सिंहले जानकारी दिनुभयो ।

भारतीय अधिकारीहरुले गरेको स्थलगत अनुगमनपछि कटान नियन्त्रण कार्यमा सक्रियता आएको छ । जाली भर्नका लागि खोलाको ढुंगा नपाएपछि गाउँ गाउँमा भण्डारण गरिएका ढुंगा किसानबाट किनेर ल्याउने र कटानमा राख्ने गरिएको छ । कटान स्थलमा चाहिएजति तारजाली र ढुंगा उपलब्ध रहन थालेपछि त्रास घटेको स्थानीय समाजसेवी देवकरन प्रसाद कलवारले बताउनुभयो । कटान स्थलबाट नजिक रहेको गाउँ नरसहीका वासिन्दा भने केही दिनदेखि गाईवस्तु र बहुमुल्य वस्तु लिएर राती बाँधमा बस्ने र विहान घर फर्कने गर्दै आएका छन् । धेरैजसो भने वालवालिका तथा बुढाबुढी सहित घरका सामान गण्डक क्षेत्र बाहिर रहेको आफन्तको घरमा पुर्‍याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको