बाबुरामको बाटो किन छेक्यो चीनले ?

९ आश्विन २०६९, मंगलवार ०८:५१ मा प्रकाशित

काठमाडौं, ९ असोज । चिनियां प्रधानमन्त्री वेन जिया बाओले नेपाल आएका बखत समकक्षी प्रधानमन्त्री बाबुराम भट्टराईलाई उपयुक्त समयमा चीनको भ्रमण गर्ने निम्तो एिका थिए । चिनियां उपविदेशमन्त्री यु फिङले करिब आठ महिनापछि नेपाल आएका बेला गत साउनमा सोही कुरा दोहोरयाएर प्रकानमनत्री भट्टराईको आशा जगाइकी थिइन् । तर भ्रमण यथासक्य छिटो होस् भन्ने प्रधानमन्त्रीको चाहना भए पनि दुईपटक सम्म आएको निम्तोले औपचारिक बाहेक थप गति लिन सकेको छैन ।
विभिन्न तहबाट पहल जारी रहे पनि चीनले तत्काल भ्रमणको सम्भावनाारे कुनै संकेत गरेको छैन । बेइजिङस्थित नेपाल दूतावास भने भ्रमण गराउन भरमग्दूर प्रयास गरिरहेको बुझिन्छ । गतसाता बेइजिङ पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले त्यहांका विदेशमन्त्री याङ जेइचीसंगको भेटमा प्रधानमन्त्रीको चीन भ्रमण जतिसक्दो चांडो हो भन्ने चाहना अवगत गराए पनि सहमति नबनेको श्रोतको कथन छ । चीनियां पक्षले अक्टोबर–नोभेम्वरसम्ममा आफ्नो तहसम्म कुरा पुरयाउने बताएको बताइन्छ ।
करिब एक मनिाअघि सञ्चारकर्मी सम्मिलित एक प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन पुगेकी प्रधानमन्त्रीपत्नी हिसिला यमीको उद्देश्य प्रधानमन्त्रीको चीन भ्रमणका लागि लविङ गर्नु पनि थियो । टोलीमा सहभागी एक सदस्यका अनुसार आफ्नो पक्षकाले सीधा कुरा राख्न नपाउंदा चीनले एकपक्षीय ढंगले बुझेको यमीको बुझाई थियो । प्रधानमन्त्रीलाई चीन भ्रमण गराउन उनको अत्यन्त जोड रहे पनि तत्काल अत्यन्त कम सम्भावना रहेको कुटनीतिक जवाफ यमीले पाएकी थिइन् । नेपालका प्रधानमन्त्रीलाई चीन भ्रमण गराउने विषयमा चीन सकारात्मक रहेपनि अक्टोवरमा हुने चीनियां कम्युनिष्ट पार्टीको महाधिवेशनमा ध्यान केन्द्रित रहेको र त्यसपछि केही महिना नयां कार्यविधिमै व्यस्त हुने हुनाले भ्मण बारेमा ध्यान दिन नसकिने चीनियां पक्षले यमीलाई जानकारी गराएको श्रोतको भनाई छ ।
तर अधिवेशनका कारण मात्र भट्टराईको भ्रमणले मूर्त रुप नपाएको भनी पत्याउन भने नसकिने कुटनीतिक जानिफकारहरु बताउंछन् । डा. भट्टराईले निम्तो पाएयता पनि अन्य मुलुकका थुप्रै उच्च् नेताहरुले चीनको भ्रमण गरिसकेका छन्, जुन निरन्तर जारी छ । नेपालकै कमजोरीका कारण भ्रमणले मुर्त रुप नपाएको बताउंछन् चीनका लागि पूर्वराजदूत टंक कार्की । यसका लागि नेपालको वर्तमान राजनीतिक माहोलसमेत बाधक बनेको कार्कीको बुझाई छ । भ्रमणभन्दा पनि छलफलमा राखिने मुद्दा प्रमुख विषय हो जो नेपालले ठोस रुपमा राख्न नसकेको उनी बताउंछन् । प्रधानमन्त्रीलाई मुख्य राजनीतिक दलहरुको असहयोग रहेका कारण पनि चीन पछि हटेको हुनुपर्छ । यसबाहेक दक्षिण छिमेकीतर्फ प्रधानमन्त्री भट्टराईको विशेष झुकाव रहेको जो चर्चा चल्दै आएको छ, यसले पनि कतै चीनलाई सशंकित पारिरहेको त होइन ? प्रधानमन्त्री भट्टराईको चीन भ्रमणको ढोका खुल्न नसकिरहेको परिवेशमा यो प्रश्न पनि अहम रुपमा उठेकै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दक्षिण पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च उचाई भएका स्थानहरूबाट नाग्कु शहरमा कूल १७ हजार ५५५ व्यक्तिलाई टाढा सारिने तिब्बती

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

आजको प्रमुख समाचार