कांग्रेसलाई सरकारको नेतृत्व दिइन्न : प्रचण्ड

९ आश्विन २०६९, मंगलवार ०८:४९ मा प्रकाशित

काठमाडौं, ९ असोज । एककिृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिक समस्या निकासका लागि राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएका छन् । तर, त्यस्तो सरकारको नेतृत्व कसले गर्ने भन्नेचाहिं निश्चित नभएको उनको कथन छ ।
परिवर्तित परिवेशमा नेपाली कांग्रेसको नेतृत्व आफूहरुलाई अस्वीकार्य हुनेमा भने उनको स्पष्ट अडान देखिएको छ । सोमबार पोखरामा उनले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व दिन नसकिने अभिव्यक्ति दोहोरयाए । प्रचण्डको नेतृत्वमा रहेको सत्ताधारी गठबन्धनको नवगठित मोर्चाले देशव्यापी चुनावीसभा गर्ने घोषणा गरिसकेको र विगतको सहमतिविपरित कांग्रेसलाई सरकारको नेतृत्व नदिने भनी बारम्बार दोहोरयाइरहेको परिवेशबीच कांग्रेस, एमाले, नेकपा–माओवादी लगायतका १३ वटा दलहरु पनि अब सरकारविरुद्ध आन्दोलनमै उत्रने तयारी गर्दैछन् । यसले मुलुक फेरि एकपटक मुठभेडमा जाने निश्चित भएको छ । तर, अझै पनि निकासचाहिं कहांनेर छ भन्ने कुनै शक्तिले पनि औंल्याउन नसक्नु घोर विडम्वनाको विषय बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्