छानिएका पूर्वलडाकूको तालिम मंसिर ६ बाट, तलब–भत्तासहित ४५ दिने घरबिदामा पठाइने

९ आश्विन २०६९, मंगलवार ०८:४७ मा प्रकाशित

काठमाडौं, ९ असोज । सेनामा छनोट भएका लडाकुहरुको तालिम आगामी मंसिर ६ गतेबाट सुरु हुने भएको छ । अन्तिम छनोटमा परेका १ हजार ३ सय ८८ लडाकूहरुले मंसिरबाट नेपाली सेनाअन्तर्गत तालिम केन्द्रमा तालिम लिने भएका छन् । सेनाले नयां टोलीका लागि चारवटा तालिम केन्द्रमा तालिम दिलाउने व्यवस्था मिलाएको छ । लडाकूहरुको घर पायक पर्नेगरी तालिमकेन्द्र तोकेको पनि सेनाले जनाएको छ ।
कैलालीमा रहेको ५ नंबर सैनिक तालिम गुल्म बोहराडांडी सुर्खेतमा रहेको मध्यपश्चिम प्रितना शिक्षालय खैरेनीटार, मोरङमार रहेको पूर्वी पृतना शिक्षालय, धनकुटामा रहेको सैन्य तालिम २ नंबर गुल्म र नवलपरासी सालझण्डीमा रहेको तालिम केन्द्रमा लडाकूहरुलाई आधारभूत तालिम दिनेछ ।
यस्तै अधिकृतहरुको छनोट प्रक्रिया सकिएपछि उनीहरुलाई नेपाली सेनाको खरिपाटी, र नगरकोटमा रहेको सैनिक शिक्षालयमा तालिम दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाली सेनामा जान समायोजन प्रक्रियामा सहभागी भएका लडाकुहरुलाई मंगलबारबाट नै ४५ दिनको तलब र राशनभत्ता दिएर घरविदामा पठाइने सेनासमायोजन विशेष समितिका संयोजक बालानन्द शर्माले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार