हो, हामी छुट्टियौं : मनिषा कोइराला

८ आश्विन २०६९, सोमबार २१:५४ मा प्रकाशित

काठमाडौं । बलिउडकी नायिका मनिषा कोइरालाले आफ्नो वैवाहिक जीवन असफल भएको सार्वजनिक रुपमै स्विकारेकी छिन् । केही समयअघि नेपाल आउँदा समेत यो मामला लुकाएकी मनिषाले भारतीय दैनिक पत्रिका टाइम्स अफ इण्डियालाई अन्र्तवार्ता दिंदै बाहिर ल्याएकी हुन् ।

उनले भनेकी छिन्, ‘अहिले मलाई कस्तो लागिरहेको छ भने कोही मानिस विवाहको लागि सही हुन्छन् त कोही हुँदैनन् । म भइँन । हो, हामी छुट्टसिक्यौं ।’ यसबारेमा कुनै कुरा बोलेर आफ्नो पूर्व पतिको परिवारको चित्त दुखाउन नचाहने भावुक कुरा समे गरेकी छिन्, मनिषाले ।

केही महिना अघि मनिषाले डिभोर्सको प्रक्रिया थालेको भारतीय मिडियाले जनाएका थिए । तर मनिषाले यसबारे औपचारिक रुपमा कुनै टिप्पणी गरेकी थिइनन् । मनिषाले नेपाली व्यापारी सम्राछ दाहालसँग विवाह गरेकी थिइन् ।

विवाहपश्चात नै उनी निकै निराश बनेर मादक पदार्थ सेवन गरेको तस्वीरहरु समेत सार्वजनिक भएका थिए । वैवाहिक जीवन असफल भएपछि उनी अध्यात्म र ध्यानतिर लागेकी छिन् । विहान ५ बजेर उठेर ताइची सिक्ने गरेको समेत उनले बताएकी छिन् । उनले भनेकी छिन्, ‘म अहिले फरक आनन्दको अनुभूति गरिरहेकी छु ।’

असफल वैवाहिक जीवनलाई छोडदै मनिषाले फिल्मको दोस्रो इनिङ शुरु गरेको भन्दै पत्रिकाले लेखेको छ, ‘पछुताउनका लागि समेत मनिषालाई अब कुनै ठाउँ बाँकी रहेन ।’ मनिष आजकाल नियमित योगा र ध्यान समेत गर्छिन् । वैवाहिक जीवनलाई पाखा लगाउने आँट गरेकी मनिषाको फिल्मी करियरले कुन बाटो समात्छ त्यसैमा उनको बाँकी जीवनको बाटो डोरिने छ । आफ्नै कम्पनी एमके मभिङबाट सिनेमा निर्देशन गर्न खोजिरहेकी मनिषाले कस्तो फिल्म निर्देशन गर्ने हुन् ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । ‘स्टार अफ द मिलिनियम २०२१’ छानौट हुने भएको छ । जसका लागि २० प्रतियोगी छनौट समेत छानिएका छन्

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित

काठमाडौँ । इजरायलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक राज लिम्बुले ‘जलेर खरानी’बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। मार्मिक

काठमाडौँ । पछिल्लो समय साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा ह्वात्तै बढेको छ । लोक तथा दोहोरी गीत