बेल्जिक नागरिकद्वारा बेल्जियममा नेपाल फेस्टिबल सम्पन्न

८ आश्विन २०६९, सोमबार २१:५२ मा प्रकाशित

दिपक ज्योती पौडेल, बेल्जियम । नेपालको शिक्षा र स्वास्थ्य सेवामा सहयोग पुर्‍याउदै आएको बेल्जियमको परोपकारी संस्था Sukhi Home vzw बेल्जियम द्वारा २३ सेप्टेम्वरमा आयोजना गरेको नेपाल फेस्टिबल बेल्जियमको वेस्तर्लोमा भव्य रुपले सम्पन्न भएको छ। नेपालका सडक, अनाथ साथै अति निम्न आर्थिक अवस्था भएका बालबालिका लागी दिगो आवास र उच्च शिक्षाको लागी नेपालको साँखु (बौद्वआरुवरी), काठमाण्डौमा निर्माण गर्न लागिएको Kids Shangrila Home भवन निर्माण सहयोगार्थ यो कार्यक्रमको आयोजना गरेको जानकारी आयोजक क्याथरिन मेईसले गराईन। हाँल काठमाण्डौको साँखुमा रहेका ८० जना नेपाली विधार्थीलाई shangrila Home,vzw बेल्जियमले शिक्षा,स्वास्थ्य र बसोवासको प्रवन्ध गरिरहेको छ भने Sukhi Home, vzw बेल्जियमले भवन निर्माण सहयोगार्थ नेपाल फेस्टिबलको आयोजना गरेको हो।

नेपाल र नेपाली समुदायको पहिचान तथा प्रचारप्रसारका लागि आयोजना गरेको कार्यक्रममा नेपाल भ्रमणको अनुभवबाट नेपाल सम्वन्धि पुस्तक समेत प्रकाशित गरिसकेका बेल्जिक पत्रकार निक मेईमेमले बेल्जिक नगरिकलाई नेपालको भौगोलिक तथा साँस्कृतिक महत्वको विषयमा जानकारी गराउदै भवन निर्माणको आयोजनालाई सहयोग गर्न सबैलाई आव्हान गरे। कार्यक्रममा प्रोजेक्टरको माध्यमबाट नेपालको प्राकृतिक तथा साँस्कृतिक सुन्दरता झल्किने तस्विरहरुको साथै पठन पाठनमा सहभागी बिधार्थीको बारेमा जानकारी गराईएको थियो।

नेपालको संस्कृति झल्किने गरि कलात्मक तरिकाले सजाईएको Het Lotushuis भवन भित्र आउँदा नेपालमै रहेको अनुभूति भएको बताउदै कार्यक्रममा नेपाली समुदायको तर्फबाट संयोजन गरेका दीपक ज्योति पौडेलले परोपकारी भावानाले प्रेतित भै बेल्जियन नागरिकलाई नेपाल र नेपाली चिनाउने यस्ता कार्यक्रमले दुईदेश विचको साँस्कृतिक एकतामा बल पुर्‍याउदै आत्मिय सम्वन्धलाई प्रगाढ बनाउने जानकारी गराए।

कार्यक्रममा नेपाली हस्तकलाका सामान ,पस्मिना,चुरापोतेको साथै अन्य सामाग्रीको प्रदर्शनी, नेपाली खानाको प्रचार प्रसार तथा बिक्रीवितरणको साथै नेपाली गीतसँगै विभिन्न सांस्कृतिक नृत्य र म्युजिक समेत प्रस्तुत गरिएको थियो।कार्यक्रम हल बाहिर बगैचामा स्थापित नेपाली साँस्कृतिक पहिचानका मूर्तिहरु नेपाली र बेल्जियन नागरिकका आकर्षणका विषय बनेका थिए।

झण्डै २००को सख्यामा बेल्जियन र उल्लेख्य मात्रामा नेपाली सहभागी कार्यक्रममा शिलु शाक्य,शिखा शाक्य र नयना तामाङ् द्वारा प्रस्तुत नेपाली नृत्यको निर्देशन पुनम शर्माले गरेकी थिईन।कार्यक्रममा सरीता पौडेलले नेपाली नारीको महान पर्व तीजको गीतमा नृत्य प्रस्तुत गरीन भने हरी बहादुर पाठकले मादल र बाँसुरी बजाएर सबैलाई मनोरञ्जन दिलाए।नेपाली खानाको प्रवन्ध नेपाली हाउस रेष्टुरेण्ट आर्स्कोटले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र