क्षेत्रिय बिमानस्थल निर्माण हुने प्रचण्डको आश्वासन

८ आश्विन २०६९, सोमबार २१:३७ मा प्रकाशित

काठमाडौं, ८ असोज । पोखरामा अन्तर्राष्ट्रिय क्षेत्रीय बिमानस्थलको टुंगो लगाउन नसकेका कारण एमाओवादी नेतृत्वप्रति पोखरेली जनतामा व्यापक आक्रोश फैलिएको बुझेपछि एमाओवादी अध्यक्ष प्रचण्ड असन्तुष्ट पोखरेलीलाई फकाउने कसरतमा लागेका छन् । उनले बिमानस्थल निर्माणको टुंगो छिट्टै हुने बताएका छन् ।
सोमबार पोखरा बिमानस्थल गेट अगाडि जारी रिले अनसनस्थलमा पुगेर दाहालले बिमानस्थल निर्माणकालागि अर्थमन्त्री नेतृत्वको एक टोली चीन जान लागेको र त्यस विषयमा उतै टुंगो लाग्ने जनाउंदै उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् । उनका कुरा सुन्ने पोखरेली भने प्रचण्डको आश्वासनमा विश्वस्त नदेखिएका बताइएको छ ।
बिमानस्थल निर्माणका लागि केही कानुनी जटिलता देखिएकाले टोलीले चीनमै त्यसको समाधान गर्ने र जसरी पनि निर्माण भएर छाड्ने उनले बताए । उनले चीनबाट टोली नफर्किदासम्म आन्दोलनको स्वरुप बदलेर सहयोग गर्न बिमानस्थल निर्माण सरोकार समितिसमक्ष अनुरोध गरे ।
आइतबार प्रचण्ड अकस्मात पोखरा पुगेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार