धार्मिक मेलामा अश्लील नृत्य

८ आश्विन २०६९, सोमबार २१:२२ मा प्रकाशित

काठमाडौं, ८ असोज । धनुषा जिल्लाको खरियानी गाविसमा सञ्चालित सन्तोषी माताको मेलामा अश्लील नृत्य रोक्न आदेश दिने प्रहरीमाथि आज स्थानीय युवाहरुले आक्रमण गरेका छन् ।
मेलामा अश्लील नृत्य प्रस्तुत गर्ने नर्तकीहरुलाई सुरक्षार्थ खटिएको प्रहरी टोलीले सो कार्य नगर्न आग्रह गरेलगत्तै युवाहरुले आक्रमण गरेको प्रहरीले जनाएको छ । युवतीहरुले आफ्नो शरीरका कपडा फालेर अश्लील नृत्य देखाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
मेलामा रहेका व्यक्तिहरुले प्रहरीमाथि एक्कासि इँट्टा र वियरको बोत्तलले प्रहार गरे पछि आत्मरक्षाका लागि प्रहरीले हवाई फायर र लाठी चार्ज गरी भीड तितरवितर पारेको प्रहरीले जनाएको छ । प्रहरीले आक्रमणमा संलग्न जनकपुर नगरपालिका–२ बस्ने शम्भु साहलाई पक्राउ गरेको जानकारी पनि दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौं । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका