सरकारविरुद्ध सडक संघर्षमा जाने विपक्षी दलहरुको निर्णय

८ आश्विन २०६९, सोमबार २१:१४ मा प्रकाशित

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसलगायतका १६ दलहरु बाबुराम भट्टराई नेतृत्वको सरकारलाई सडक आन्दोलनबाट हटाउने निर्णयमा पुगेका छन् । सोमबार कांग्रेस मुख्यालय सानेपामा बसेको प्रतिपक्षी दलहरुको बैठकले प्रधानमन्त्रीले तत्काल राजिनामा नगरे आन्दोलनबाट सरकार हटाउने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेस उपसभापित रामचन्द्र पौडेलले सोसम्बन्धी निर्णयको जानकारी गराउंदै आगामी बिहिबार बस्ने विपक्षी दलहरुको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिए । नेता पौडेलले थपे, ‘वर्तमान सरकार नै कारक हो जसले सहमति बन्न दिएन, यसले भ्रष्टाचार ल्याएको छ, ठूला विकृति ल्याएको छ, अराजकता सिर्जना गरेको छ । संविधानसभा असफल बनाएको छ ।’ बैठकमा कांग्रेस, एमाले, नेकपा माओवादी, राष्ट्रिय जनशक्ति, राप्रपा लगायत १६ दलको सहभागिता थियो।
बाबुराम भट्टराईको सरकार सहमतिविरोधी भएको आरोप लगाउंदै नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान सरकार रहेसम्म सहमति निर्माण हुन नसक्ने दाबी गरे । उनले भने, ‘यसलाई हटाउने आन्दोलन नै एउटा मुख्य विकल्प हो भन्ने निष्कर्षमा पुग्यौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा