भैरहवामा हातको शल्यक्रियासम्बन्धी राष्ट्रिय प्रशिक्षण

८ आश्विन २०६९, सोमबार २०:५० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ असोज । हातको उपचारसंग सम्बन्धित नविनतम प्रविधिको प्रयोगगरी हातको क्षती कम गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस अस्पतालमा आइतबारदेखि सुरु भएको राष्ट्रिय प्रशिक्षण सम्पन्न भएको छ ।
नेपालका विभिन्न मेडिकल कलेज र अस्पतालमा हातको शल्यक्रिया गर्दै आएका करिव १ सय जना चिकित्सक सहभागी रहेको दुईदिने प्रशिक्षणमा भारतका हस्त शल्यक्रिया समाजका बरिष्ठ चिकीत्सक प्रा. भाष्करानन्द कुमार, कस्तुर्वा मेडिकल कलेज, मणिपाल भारतका बरिष्ठ चिकीत्सक प्रा. अनिल भट्ट, चण्डिगढ भारतका प्रा.डा. रवि गुप्ता र नेपालको धुलिखेल अस्पतालका बरिष्ठ चिकीत्सक निराजन प्रसाद पराजुलीले हातको आधारभुत उपचारका साथै क्षति कम गर्ने बिषयमा प्रशिक्षण दिनुभयो ।
नेपालजस्तो कृषिप्रधान देशमा खेतीपातीको समयमा अत्यन्त मुल्यवान मानिने हात दुर्घटनाबाट जोगाउनु आपैmमा चुनौतीपुर्ण हुने गरेको र विभिन्न दुर्घटनाबाट क्षती भएको हातलाई अस्पताल ल्याउनुअगावै तत्काल अपनाउनु पर्ने प्रारम्भिक प्रविधिदेखि अस्पतालमा गरिने नविनतम प्रविधि अपनाई जोगाउन प्रशिक्षणको आयोजना गरिएको कार्यक्रम संयोजक डा.आलोक पाण्डेले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वालिङ । स्याङ्जामा एक वर्षको अवधिमा चार सय ६१ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । स्याङ्जा जिल्ला अदालतमा आर्थिक

म्याग्दी । म्याग्दी र यस वरपरका क्षेत्रमा नौमती बाजा बजाएर असारे भाकामा बाउसे र रोपाहारले दोहोरी गाउँदै धान रोपाइँ गर्ने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् जल तथा

तुलसीपुर । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल