अमेरिकामा पराजुली सम्मानित

२२ आश्विन २०७८, शुक्रबार १५:१५ मा प्रकाशित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन ए ओल्स्जेवस्की जेआर’बाट सम्मानित भएका हुन् ।

अक्टोबर ६ मा बाल्टिमोरस्थित बम्बई नाइट इन्डिएन किचनमा नेपाली समुदाय र कन्ट्रि एकजुकेटिभ ओल्स्जेवस्की जेआरबीच अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । सोही कार्यक्रमबीच ओल्स्जेवस्कीले पराजुलीलाई नेपाली समूदायलाई गरेको योगदानको उच्च मुल्यांकन गर्दै सम्मान गरेका थिए । पराजुली वाल्टिमोरस्थित एक चर्चित एवम् स्थापित व्यवसायी हुन् । सो अन्तरक्रिया कार्यक्रममा वाल्टिमोर क्षेत्रका नेपालीहरुको उपस्थिति थियो ।

सो कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टर अध्यक्ष समेत रहेका पराजुलीले ओल्स्जेवस्कीलाई नेपाल भ्रमण निम्तो दिए भने ओल्स्जेवस्कीले पनि आफुलाई नेपाल मन पर्ने भन्दै चाँडै भ्रमण गर्ने बताए ।

ओल्स्जेवस्कीले आफू सधैँ नेपाली समुदायसँग सहकार्य गरी अगाडी बढ्न तयार रहेको पनि बताए । वाल्टिमोर धेरै नेपालीहरु बसोबास गर्ने ठाउँ हो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको