युवालाई रोजगार नबनाए देश धराशयी : सुरज वैद्य

८ आश्विन २०६९, सोमबार २०:४७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ असोज । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज बैद्यले देशमा राजनैतिक अस्थिरताको कारणले उद्योग, व्यावसाय धरासायी बन्दै गएको वताउनु भएको छ । स्याङ्जा उद्योग बाणिज्य संघले गरेको भेटघाट कार्यक्रममा बैद्यले देशमा स्थीर सरकार नभएकाले उद्योग व्यावसाय धरासाहि अवस्थामा पुगेको बताउनुभयो । उहाँले देशमा अझै ५ बर्षसम्म स्थिर सरकार बन्ने अवस्था नरहेको जिकिर गर्दै वैद्यले उद्योगी व्यावसायीहरुले सहमतीको सरकार गठन हुन सक्ने अवस्था पनि नदेखेको स्पष्ट पार्नु भयो । अध्यक्ष बैद्यले राजनैतिक स्थिरता नभएको कारणले उद्योगी व्यावसायीलाई काम गर्ने वातावरण नमिलेको र युवा उद्यमीको प्रवेश हुन नपाएकाले जानकारी दिनुभयो । उहाँले युवाहरुलाई पुर्ण रोजगारी दिलाउन नसकेसम्म जतिसुकै राम्रो र लोकप्रिय संविधान बनेपनि देश विकास सम्भव नभएको दाबी गर्नुभयो ।

पटक–पटक सरकार परिवर्तन भैरहदा स्पष्ट नीति बन्न नसक्ने भन्दै उहाँले लगानीको वातावरण बन्न नसकेको जिकिर गर्नुभयो । वैद्यले स्याङ्जाको पहिचान कफि, सुन्तला भएकाले त्यसको विकास र विस्तारको लागि लाग्न सुझाव दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय

काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रु १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैङ्कले आज सूचना प्रकाशित

काठमाडौं।कृषिप्रधान देश नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा विभिन्न देशबाट ३४ अर्ब १५ करोड ४० लाख १९

आजको प्रमुख समाचार