महाधिवेशन हुने–नहुनेमा नेवि संघका नेताहरु नै सशंकित

८ आश्विन २०६९, सोमबार २०:३६ मा प्रकाशित

काठमाडौ, ८ असोज । आगामी माघ ५, ६ र ७ गतेका लागी तय भएको नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशन तोकिएको मितिमा हुने नहुनेमा विद्यार्थी नेताहरु नै विभाजित बनेका छन् । राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबीच महाधिवशेन आयोजक समितिका सदस्य एवम कार्यबाहक अध्यक्ष लेखनाथ पोख्रेलले महाधिवेशन विधीसम्मत ढंगले तोकिएकै समयमा हुने दावी गर्दै पार्टीले ह्वीप नै जारी गरिसकेकोले नरोकिने ठोकुवा गरे ।
उनले महाधिवेशनका लागि ९० प्रतिसत कामहरु सम्पन्न भइसकेकोले अब खरायोको गतिमा तयारी पुरा गरेर समयमै सम्पन्न गराई छाड्ने प्रतिबद्धता ब्यक्त गरे । उनले आफूहरु पदमा टिकीरहन महाधिवेशन नगराउने षडयन्त्र भईरहेको भन्ने आरोपको खण्डन गर्दै महाधिवशेन समयमा हुन नसके नेविसंघ कमजोर हुने भएकोले आफूहरु तोकिएकै मितिमा सम्पन्न गर्न लागिपरेको बताए ।
निवर्तमान उपाध्यक्ष नैनसिंह महरले महाधिवेशनको लागि आवश्यक प्रक्रिया अगाडि नबढेकोप्रति चिन्ता प्रकट गर्दै फेरि पनि महाविधेशन नगरे टिके प्रथाबाट संगठन चलाउने षडयन्त्र भईरहेको आरोप लगाए । उनले असोज मसान्तसम्ममा देश भरीका क्याम्पसहरुमा अधिवेशन सम्पन्न गर्नु पर्नेमा अहिले सम्म विधान संसोधन र नियमावली निर्माण त्यस्तै प्रतिनिधिको चयन जस्ता विषय ज्यूँकात्यूँ रहेकोले महाधिवेशन समयमा हुनेमा आशंका ब्यक्त गरे ।
उनले भने– ‘यो फेरि पनि विद्यार्थीबाट विद्यार्थीको नेता चयन गर्न नदिने षडयन्त्र हो । यस्तो भयो भने हामि विद्यार्थीले तोकिएकै समयमा अर्को महाधिवेशन गरिदिन्छौं । त्यो दिन नेविसंघको इतिहासमा दुर्भाग्यपूर्ण हुन्छ ।’
निवर्तमान महामन्त्री मनोजमणी आचार्यले एकता महाधिवेशन दुबै पक्षको सहमतिमा हुनु पर्ने जिकिर गर्दै अहिले एक्लौटि ढंगले प्रक्रिया अगाडि बढाईरहेको भन्दै चिन्ता प्रकट गरे । उनले महाधिवेशन नभई टिके प्रथाबाट फेरि पनि नेतृत्व चयन गरिए नेविसंघ नेविसंघ नरहन सक्ने चेतावनी दिए । उनले भने–त्यस्तो भए नेविसंघमा महाभुकम्प आउँछ । त्यसको जिम्मेवारी पार्टी नेतृत्वले लिनुपर्छ ।
निवर्तमान उपाध्यक्ष प्रमोदहरि गुरागाईले नेविसंघमा एकता महाधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको भन्दै महाधिवेशन विधी सम्मत ढंगले संम्पन्न हुने विश्वास गरे ।
उनले ९० प्रतिसत प्रक्रिया सम्पन्न भइसकेकोले कसैलाई पनि महाधिवेशन हुने नहुनेमा आशंका नगर्न आब्हान गरे । उनले दुई दशक नेविसंघमा सक्रिय रहँदै आएको आफूले पनि नयाँ समितिको नेतृत्वकोलागी उमेदवारी घोषणा गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका