बिशुद्द नेपाली भाषिक अभियान -विजय थापा

६ चैत्र २०६८, सोमबार ०३:३४ मा प्रकाशित

नेपाली रास्ट्र भाषाले सबै नेपालीलाई एक सुत्रमा बाधेको छ र हामी हाम्रो नेपाली राष्ट्र भाषा प्रति गर्व गर्दछौ  । अझ परदेशमा नेपालीहरुको पहिचान र एक आपसमा निकटता ल्याउने प्रमुख माध्यम नेपाली राष्ट्र भाषा हो  । मुग्लानमा नेपाली बोलेको अवस्थामा हाम्रो मन एक क्षण भए पनि ध्यानाकर्षण हुन्छ किनभने कुनै पनि राष्ट्रका लागि त्यस देशका मानिसहरुको सबै भन्दा प्यारो उसको भाषा हुन्छ । संसारको सर्वश्रेष्ठ जाति मानव भएकाले उसको चरण विचरण विचारको सम्प्रेषण गर्ने माध्यम भाषा नै हो  । त्रिभुवन विश्वविद्यालय केन्द्रीय भाषा विज्ञान विभागका प्रमुख प्राध्यापक योगेन्द्र यादव -बिद्या वारिधि ) भन्नु हुन्छ ‘७५ प्रतिशत नेपालीले नेपाली राष्ट्र भाषा बुझ्छन् र यो सम्पर्क भाषा हो । यसका लागि आधार छ ।
नेपालको राष्ट्रिय जनगणना २०५८ ले १०३ जाति रहेको देखाएतापनि ९२ जातिलाई मातृभाषाका रूपमा सूचीकरण गरेको पाइएको छ । नेपाली मूलका सम्पूर्ण नेपालीहरु रास्ट्रिय भाषा नेपाली बोल्दछौ  । भाषा भनेको आवाज वा ईसाराद्वारा एक-अर्कामा भावना र बिचार सम्प्रेषण गर्ने माध्यम हो।भाषालाई शब्दहरुमा रुपान्तरित गरियो भने त्यो साहित्य बन्छ।कुनैपनि समुदायको वंशानुक्रम, पारिवारिक, सामाजिक सभ्यता, शिक्षा तथा संस्कृतिको उत्थानमा भाषा प्रमुख मानिन्छ ।माथि उल्लेखित शिर्षकको बिषयमा केहि शब्दहरु कोर्न साहस गर्दछु ,(बिशुद्द नेपाली भाषा अभियान )यसलाई भाषिक आन्दोलन भन्दा पनि फरक नहोलाlशुभ चिन्तकहरुको पृष्ठ पोषण (फिड ब्याक )अनुरुप यस पंक्तिकारले भाषिक अभियान नामकरण गरेको छ  ।
भाषिक अभियान अर्थात् नेपाली भाषा अझ बिसेष भन्नु पर्दा बिशुद्द नेपाली भाषा बोल्ने अभियानको आरम्भ  । आझ भन्दा झन्डै १७ बर्ष अघि ईस्वी सन् १९९४ मा केहि युवाहरुले कुनै पनि भाषा बोल्दा बिशुद्द बोल्न सकियो भने भाषामा मिठास आउने र अझ माधुर्यता हुन्छ भन्ने हेतुले नेपालको ऐतिहासिक तथा औधोगिक सहर बिराटनगरबाट एउटा भाषिक अभियानको बिकुल फुक्यो । संयोगबस यस भाषिक अभियानको नेतृत्व गर्ने अभिभारा यो पंक्तिकार कै पोल्टोमा पर्यो  । तत् पश्चात यो पंक्तिकारले हरेक क्षण र पल बिशुद्द नेपाली भाषा बोल्ने जमर्को गर्दै आएको छ र यसलाई अझ कालान्तरमा शसक्त गर्ने कुरामा दृढ छ र सोहि अनुरुप सयुक्त राज्य अमेरिकामा पनि यो अभियान जारी रहेको जानकारी गराउन पाउदा गर्व गर्दछ  ।
यो अभियानको मूल उदेश्य हाम्रा आगामी पिढीहरु भाषा प्रति अझ संबेदनशिल हुन् सकुन भनि यो अभियानको श्री गणेश गरिएको हो  । अंग्रेजी भाषाको अतिक्रमणले हाम्रो भाषा खिचडी नहोस् भनि चिन्तन गर्दै र नेपाली भाषा बिशुद्द बोल्नेको जगजगी होस् भन्दै यो कार्यको थालनी भएको मान्नु पर्दछ  । तर अग्रेजी भाषालाई भने तिरस्कार र अपहेलना गर्ने भन्ने मनसाय कदापी हैन किनभने हाम्रा पिढीहरु अंग्रेजी भाषा बिना ,सास समेत फेर्न सक्ने अवस्थामा छैनन  । वास्तविकता पनि यहि हो, अंग्रेजी भाषा विश्वले स्वीकार गरिसकेको छ  । एकाइशौ शताब्धिमा कोहि पनि यो भाषाको ज्ञान बिना प्रतिस्पर्धामा बाच्न सक्दैन र धुर्ब सत्य यहि हो तर सत प्रतिसत भने चै होईन  । अंग्रेजी भाषाको व्यापक प्रयोग सगै नेपाली भाषालाई पनि उत्तिकै मान्यता दिदै समान रुपमा प्रयोग गरियोस र अंग्रेजी भाषाको अत्यधिक प्रयोगले नेपाली भाषा छायामा पर्न सक्ने ज्यादा सम्भावना हुनाले यो अभियानको मुख्य अभिप्राय नेपाली भाषालाई समानान्तरता दिनु पनि रहेको छ  ।
बिशुद्द नेपाली भाषा अभियानको ईतिहास बारेमा संक्षेपमा ब्याख्या गर्दा उचित ठान्दछु ,इस्वी सन् १९९४ ,एक साझ एक भोजमा सरिक हुदा समुहबाट आब्हान गरियो कि उत्सब समाप्ति नहुन्जेल सम्म सम्पूर्ण सम्बाद केवल नेपाली ,त्यसमा पनि एक शब्द पनि अंग्रेजी शब्द प्रयोग नगरी बिशुद्द नेपाली भाषा मात्र बोल्नेलाई पुरस्कृत गर्ने र उक्त शर्त पुरा नगर्नेलाई दण्ड सजाय स्वरूप नेपाली बोल्दा प्रत्येक अंग्रेजी शब्द मिश्रण गरे प्रति शब्द मात्र २५ पैसा जरिवाना लिने स्वीकृत पश्च्यात व्यापक बिचार विमर्श भयो यो पंक्तिकारले एकै रात १७ बर्ष अघि दण्ड स्वरूप केहि नगद रकम तिर्नु पर्यो र उक्त रकम तिरे पश्च्यात मस्तिष्कको दिब्य ज्योति खुल्यो किनभने आफ्नो मात्री भाषा नेपाली र जन्म देखि नै बोल्दै आएको नेपाली भाषा बोल्दा ३५ प्रतिशत भन्दा ज्यादा अंग्रजी भाषा पो मिश्रित हुन् पुगेछ अनि कसरि सहने कुरा भयो त ?र यसलाई गम्भीरतापुर्वक ग्रहण गरि त्यहि बेला भिष्म प्रतिज्ञा गर्दै आझ उप्रान्त बिशुद्द नेपाली भाषा बोल्ने भनि गरेको प्रतिज्ञा आज पनि अविरल रुपमा चल्दै आएको छ  । परदेशमा बिशुद्द भाषा बोल्ने अभियान ठुलो चुनौती हुन्छ lयी सबै चुनौती र तगारोहरुलाई सामना गर्दै अग्रगामी दिशामा बढ्नु परेको छ र यो बिशुद्द नेपाली भाषाले एक शब्दलाई यत्र ,तत्र सर्बत्र रुपमा तरंगित गरिदियो त्यो शब्द हो ,हाम्रा अग्रज तथा प्राय सबैले अत्यधिक प्रयोग गरिने शब्द ‘सर ‘ अहिले पनि सम्मान दिनु पर्यो भने ‘सर ‘नै शब्द प्रयोगमा आउदछlसरल र संक्षेप पनि छ र हामीलाई यो शब्द प्रति मोह पनि छ  ।
वास्तवमा ‘सर’शब्द अंग्रेजी शब्द भए पनि नेपाली जिब्रोले यसलाई नेपालीकरण मै ढालिसकेको अनुभूति हुन्छ ,तर नेपालीमा ‘महोदय’ शब्दको आफ्नै स्थान छ  । पाठशालामा नेपालीमा निवेदन लेख्नु पर्यो भने , ‘महोदय या महाशय’ शब्द निकै प्रयोग गरिन्छ तर हालका पिढीहरुले यो शब्द कम प्रयोग गर्ने हुन्छन तर अझ पनि सरकारी बिद्यालयहरुमा यो शब्द अत्यधिक रुपमा प्रयोगमा आएको हामीले देखेका छौ ।
‘महोदय ‘शब्द कुनै व्यक्ति बिशेष प्रति लक्षित हुदैन र होईन पनि  । यो एक सम्मानार्थ शब्द हुन्छ  । आदरपूर्वक कुनै व्यक्ति बिशेषलाई ‘महोदय’ शब्द जोड्न सके शिष्टाचार हुने कुराको विश्लेषण गरि १७ बर्ष अगाडी थालिएको अभियानले यो शब्दलाई व्यापक बनाउन यो पंक्तिकार कम्मर कसेर लागि परेको छ र यो शब्दसंगै बिशुद्द नेपाली भाषाको केहि झझल्को आई रहने जस्तो भान हुने हुदा यो शब्दलाई प्रचुर मात्रामा प्रयोग पनि गर्ने प्रयास रहने छ  ।
वर्तमान अवस्थामा बिशुद्द नेपाली भाषा बोल्न सम्भव छ वा छैन? त्यो पनि परदेशमा भन्ने प्रश्न उब्झी रहन्छ lहरेक कुरा सम्भव हुन्छ भन्ने कुरामा कसैलाई दुबिधा नहोला भन्ने म ठान्दछु !१७ बर्षको निरन्तर भिषण अभ्यास ,प्रयोग ,खोज र अनुसन्धान पश्चात यो पंक्तिकार विचार सम्प्रेषण गर्नु पर्दा (एक शब्द पनि अंग्रेजी नमिसाई ) बिशुद्द नेपाली भाषा बोल्ने प्रयासमा छ र यो अभियानको मुख्य पात्र भएको हैशियतले सकभर सकिन्छ भने बिशुद्द नेपाली भाषा नै बोल्ने र लेख्ने प्रतिबद्दता  । तर कसैलाई यो कुरा आश्चर्य लाग्न सक्छ र हुने सक्दैन जस्ता बिचारहरु पनि उत्पन्न हुन्छन र स्वाभाविक पनि हो  । कहिले सुन्दै नसुनेको र कहिले पनि ब्यबहारमा नपरेको हुन् सक्दछ  । नेपाली भाषा धनि छ ,शब्दहरुको खोज र प्रयोग गर्न सके एक शब्द पनि अंग्रेजी भाषाको बिना मिसावट बिशुद्द नेपाली भाषा बोल्न सकिन्छ जस्तो लाग्नु मलाई स्वाभाविक हुन्छ कारण लामो समय सम्म बिशुद्द नेपाली भाषिक आन्दोलनमा संलग्नता हुनु र जीवनका हरेक पक्षका व्यक्तित्वहरुसंग यहि अभियान अन्तर्गत आफ्ना कुराहरु अभिव्यक्ति गर्नु पनि एक हो ,खैर यो कुरा सकिन्छ वा सकिन्न भन्ने कुराको आ-आफ्नै तर्क र विश्लेषण होलाl नेपालभाषाको प्रवर्धन र सम्बर्धन गर्न यो अभियानले केहि हद सम्म सहयोग हुन्छ भन्ने हाम्रो अभिप्राय र मनसाय मात्र हो  ।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा