अवैध मदिरा नियन्त्रण गर्न सहमति

८ आश्विन २०६९, सोमबार २०:२५ मा प्रकाशित

रुपन्देही, ८ असोज । मदिरा उत्पादक संघ र मदिरा व्यवसायी संघबीच बुटवलमा भएको छलफलले अवैध घरपालुवा मदिरा नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् । अवैध घरपालुवा मदिरामा अखाद्य वस्तु मिसाइएको हुने तथा गुणस्तरहीन भएकाले त्यस्ता मदिरा बिक्री वितरण गर्नु सामाजिक अपराध भएकाले त्यसको नियन्त्रणका लागि उत्पादन संघ र विक्रेताले सामूहिक पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उत्पादक संघले राखेको कार्यक्रम रुपन्देहीका मदिरा विक्रेता व्यवसायी संघका अध्यक्ष अशोक श्रेष्ठ, महासचिव सुलोचन ढकाल, नेपाल मदिरा विक्रेता महासंघका उपाध्यक्ष कृष्णप्रसाद नेपाल लगायतले मदिरा उद्योगीहरुले उद्योगीको हकहित मात्र नभै विक्रेताको लगानीको सुरक्षाका सवालमा समेत ध्यान दिन माग गर्नुभएको थियो । कार्यक्रममा मदिरा उत्पादक संघका अध्यक्ष रवि के.सी., द्वितीय उपाध्यक्ष नारायण पौडेल, महासचिव एकराज अर्याल, सदस्यहरु अर्जुन श्रेष्ठ, राजु गुरु लगायतले मदिरा विक्रेता र उद्योगीबीचको सुमधुर सम्बन्ध कायम गरी अगाडि बढेमा दुवैलाई पक्षलाई फाइदा हुने बताउनुभएको थियो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई