अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता हुने

२२ आश्विन २०७८, शुक्रबार ११:३४ मा प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा भर्चुअल वैठक हुने अमेरिकाले जनाएको छ । ताइवानबारे दुई देशबीच तनाब बढिरहेकै बेला बाइडेन र सीबीच वार्ता हुन लागेको हो ।

भर्चुअल वैठक बस्ने विषयमा दुई देशका नेताबीच सहमति बनेको ह्वाईटहाउसका अधिकारीले बताएका छन् ।

राष्ट्रपति बाइडेनले ताइवानका विषयमा आफूले राष्ट्रपति सीसँग छलफल गरेको बताइसकेका छन् । हालै मात्र ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ सेनाको दर्जनौं विमान उडेका थिए ।

ताइवानवारे मैले राष्ट्रपति सीसँग छलफल गरेको छु,’ बाइडेनले भने, ‘हामी ताइवान सम्झौताप्रति प्रतिबद्ध छौं ।’

ताइवानले आफ्नो सुरक्षा क्षेत्रमा १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेकोे बताउँदै आएको छ । ताइवानको राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा ती जहाज उडाइएका थिए । ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ । तर, ताइवानले आफूलाई सार्वभौम राष्ट्र ठान्छ ।

ताइवानको सुरक्षा क्षेत्रमा चीनको अतिक्रमणको अमेरिकाले बिरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अक्टोबरमा प्रधानमन्त्री फुमियो किशिदासँगको फोन वार्तामा जापानले आफ्नो रक्षा बजेट बढाउने आशा व्यक्त गरेको

चीनको सेनाले ताइवानको सीमानजिकको टापुमा हवाई तथा सामुद्रिक गस्ती गरेको छ । चीनको वायु र जलसेनाले ताइवानको टापुमा गस्ती बढाएको

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गरेको अधिकारीहरुले

परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग