एमाओवादी थप दबावमा

८ आश्विन २०६९, सोमबार ०७:५९ मा प्रकाशित

काठमाडौं, ८ असोज । पछिल्लो समयमा विभिन्न विवादका बीच आन्तरिक किचलो खेप्दै आएको एककिृत नेकपा माओवादीले अहिले आफ्नै केन्द्रीय सदस्यहरुलाई पार्टीभित्र रिझाएर राख्न चुनौती बन्न थालेको देखिएको छ । पार्टीका शीर्षनेताहरुबीचकै गुटबन्दीले जर्जर बन्दै गएको पर्टीभित्र कहिले भ्रष्टाचार त कहिले शीर्षनेताहरुमाथि नै कार्यकर्ताहरुबाट भएका आक्रमणका कारण साख विस्तारै गुमाउंदै गएको छ ।
पार्टीका नेताहरुको शैली बर्जुवा बन्दै गएको तथा पिछडिएको वर्ग र आम कार्यकर्ताहरुलाई उपेक्षा गरिएको भन्दै पार्टीका तीनजना केन्द्रीय सदस्यहरुले पदबाट राजीनामा दिएपछि एमाओवादी झन् दबावमा परेको छ ।
यसैबीच, नवगठित पार्टी नेकपा–माओवादीका पोलिटव्युरो सदस्य इन्द्रमोहन सिग्देलले एमाओवादी पूर्ण रुपले भ्रष्टाचारमा डुब्दै गएकोले त्यहां भएका केही इमानदार नेता–कार्यकर्ताहरुले क्रान्ति चाहन थालेको दाबी गरेका छन् । उक्त पार्टीभित्र आपसी विरोध र विग्रह तीब्र बन्दै गएको र व्यक्तिगत स्वार्थमा आधारित झगडाका कारण सो पार्टी पतित बन्न पुगेको उनले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार