विवाहमा जाँदा हात भाँचिएपछि…

२२ आश्विन २०७८, शुक्रबार ०९:५५ मा प्रकाशित

एजेन्सी । बेलायतमा एउटा वैवाहिक कार्यक्रममा जाँदा आफ्नो हात भाँच्चिएपछि एक शिक्षिकाले विवाह विरुद्ध मुद्दा दायर गरेकी छिन् । विवाह गरिएको चिप्लो भुईंमा लड्दा दोनोभान काराको कुहिनो भाँच्चिएको थियो ।

भुईंमा अस्वभाविक चिप्लो पारेकोले आफू लडेको भन्दै उनले विवाह आयोजक कन्ट्री हाउस विडिङ लिमिटेडविरुद्ध मुद्दा दायर गरेकी हुन् । उनले १ लाख ५० हजार युरो क्षतिपूर्तिको माग गरेकी छिन् ।

४० एकड भूमिमा फैलिएको भवन बेलायतको लोकप्रिय विवाह स्थलमध्येको एक मानिन्छ ।

सन् २०१८ को भुईँमा चिप्लिएकी उनी तीन वर्षपछि उजुरी दिएकी हुन् । नाच्ने तलामा अस्वभाविक रूपमा अत्यधिक धेरै चिप्लो दलिएकोले आफू लडेको उनले निबेदनमा बताएकी छिन् ।

बेलायतमा ‘विशेष आवश्यक’ विषयकी शिक्षिका काराको कुहिनो नराम्रोसँग भाँच्चिएको थियो । उनी अहिलेसम्म पनि निको भएकी छैनन् । उनको तीन ओटा शल्यक्रिया भइसकेको छ । अझै पनि उनी विद्यालय जान सक्दिनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। कुनै पनि पुरुष मन नपरेको भन्दै ३३ वर्षकी मोडल क्रिस ग्यालेराले गएको सेप्टेम्बरमा आफैंसँग बिहे गरेकी थिइन् । तर,

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा

समलिंगी जोडीहरूलाई देखेर धेरैपटक मानिसहरु छक पर्ने गरेका छन् । तर कसैले श्रीमान्–श्रीमतीलाई नै आमाछोरीजस्तो सोच्छ भने त्योभन्दा अनौठो के

काठमाडौँ – ७५ को उमेरमा इसाओ काकेहीको स्वास्थ्य अवस्था राम्रो थियो । अचानक उनी प्रेममा पनि परे । २०१३ मा