राष्ट्रपतिमाथि महाअभियोग लगाउने प्रचण्ड–चाहना

८ आश्विन २०६९, सोमबार ०७:५६ मा प्रकाशित

काठमाडौं, ८ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो सरकारको निरन्तरतालाई र कांगे्रस–एमालेले सरकार परिवर्तनलाई मुख्य एजेण्डा बनाएका भए पनि एमाओवादी अध्यक्ष प्रचण्डले भने आफ्नो बेग्लै एक सूत्रीय एजेण्डा बनाउनुभएको बुझिन्छ । प्रचण्डनिकटको सूत्रले जनाएअनुसार देखावटीमा जे–जे छलफल चलाए पनि उहांको एउटै मात्र एजेण्डा संविधानसभाको पुनस्र्थापना हो । संविधानसभा पुनस्र्थापनाको पक्षमा अन्य दलहरू सहमत भए प्रचण्ड संघीयताको एजेण्डालाई समेत तत्कालका लागि छोड्न तत्पर हुनुभएको छ । संविधानसभा पुनस्र्थापित भएमा तत्काल आफ्नो पक्षमा दुईतिहाई सभासद् उभिने विश्वास प्रचण्डले गर्नुभएको छ । त्यस्तो अवस्थामा सरकारको नेतृत्वसमेत आफ्नो हातमा आउने प्रचण्डको ठम्याइ छ । दुईतिहाई बहुमत जुटेमा संविधान संशोधन गर्ने र राष्ट्रपतिलाई महाभियोग लगाई हटाएर नयां राष्ट्रपति चयन गर्ने पनि प्रचण्डको योजना रहेको छ । त्यसैले यसअघि एमाओवादीले लिंदै आएको कुनै पनि एजेण्डालाई थाती राख्न प्रचण्ड तत्पर हुनुभएको छ । दलहरूबीचको सहमतिलाई संविधानसभाको बहुमत या दुईतिहाई सदस्यहरूले सजिलै परिवर्तन गर्न÷गराउन सक्ने भएकोले दलहरूको बैठकमा उदारतापूर्वक प्रस्तुत हुने काम उहांले गर्दै आउनुभएको छ ।

कांगे्रस–एमालेले भनेझैं अहिले सरकार परिवर्तन गरी कांगे्रसकै नेतृत्वमा सरकार गठन भए पनि त्यस्तो सरकार संविधानसभाको बहुमतले तत्कालै हटाउन सक्नेछ । संविधानसभाले लिएका निर्णयहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि शक्तिले हलचल गर्न नसक्ने र त्यसपछिको राजनीति आफूले चाहेबमोजिम अघि बढ्ने भएकोले पुनस्थापनाको अगाडि अन्य सबै एजेण्डा प्रचण्डका निम्ति गौण बन्न पुगेका छन् । अझै पनि संविधानसभा पुनस्थापना गराउने बहाना या मौका प्रचण्डले ढुकी बस्नुभएको छ । कांगे्रस सभापति सुशील कोइराला र एमालेका वरिष्ठ नेता केपी ओलीबाहेक अरू कसैले पनि प्रचण्डको खोटो नियतबारे पत्तो पाउन सकेका छैनन् । कदाचित प्रचण्डको भुलभुलैयामा परेर कांगे्रस–एमालेले पुनस्र्थापनामा सहमति जनाए भने यो उनीहरूका निम्ति आत्मघाती बन्ने र प्रचण्डका निम्ति बरदान सावित हुने निश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल