पेरिस चेम्बर अफ कमर्स र एफएनसीसीआइबीच समझदारीमा हस्ताक्षर

८ आश्विन २०६९, सोमबार ०७:५४ मा प्रकाशित

पेरिस, ८ असोज । पेरिस चेम्बर अफ कमर्सद्वारा प्रवद्र्धित वल्र्ड चेम्बर नेटवर्क (डब्लूसीएन) र उद्योग वाण्ँिज्य महासंघ (एफएनसीसीआई) बीच पेरिसमा एक समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । नेपाली उद्यमी र तिनका उत्पादनको पहुंच विश्व बजारसम्म पुरयाउनेसम्बन्धी सहयोग आदानप्रदान हुने सो समझदारीको प्रमुख उद्देश्य रहेको बताइएको छ ।
पेरिसस्थित नेपाली राजदूतावासमा गत साता आयोजित एक विशेष कार्यक्रममा महासंघका तर्फबाट उपाध्यक्ष भवानी राणा र नेटवर्कका अध्यक्ष जर्ज फिसरले एमओयुमा हस्ताक्षर गर्नुभएको थियो । फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण्ँ श्रेष्ठ र नेपाल–फ्रान्स चेम्बर अफ कमर्सका अध्यक्ष श्याममोहन श्रेष्ठको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा डब्लूसीएन अध्यक्ष फिसरले महासंघसंग यस प्रकारको समझदारी पहिलोपटक भएको बताउनुभयो ।
पेरिस चेम्बरको अन्तर्राष्ट्रिय मामिला प्रमुखसमेत रहेका फिसरले संसारभरका उद्यमीहरुलाई आफ्ना उत्पादनको बजारीकरण गर्ने विश्वव्यापी अनलाइन नेटवर्कबाट नेपाली उद्यमीहरुले धेरै लाभ लिन सक्ने सो अवसरमा उल्लेख गर्नुभयो । महासंघ उपाध्यक्ष राणाले आईसीसी, पेरिस चेम्बर र यी संस्थाले बनाएको नेटवर्कमा महासंघ आवद्ध हुनु गौरवको बिषय भएको भन्दै उक्त आवद्धताले विशेषगरी साना तथा मझौला उद्यमी लाभान्वित हुने बताउनुभयो ।
समझदारीमा फ्रान्स र युरोपियन युनियनको लगानी नेपाल भित्रयाउन समेत पेरिस चेम्बर र वल्र्ड चेम्बर नेटवर्कले पहल गर्ने उल्लेख गरिएको छ । नेपालको तुलनात्मक लाभ भएको क्षेत्रमा लगानी विस्तारका लागि नेपाली टोलीले फ्रान्सको विदेश मन्त्रालयमा दक्षिण एसिया मामिला हेर्ने भेरोनिक रोजर लाकानलाई पहल गरिदिन आग्रह गरेको छ भने लाकानले राजनीतिक अवस्था लगानीकर्ताको चासो रहेको बताउनुभएको थियो । तथापि, तुलनात्मक लाभका क्षेत्रमा लगानी विस्तारका लागि पहल गर्ने आश्वासन उहांले दिनुभयो । नेपालले सन् २०१२ र १३ लाई नेपाल लगानी वर्षको रुपमा मनाइएको अवगत गराउंदै नेपाली टोलीले राजनीतिक सहमतिको प्रयास भइरहेको जानकारी दिएको थियो ।
फ्रान्स भ्रमणमा गएको उच्चस्तरीय प्रतिनिधि मण्डलको सम्मानमा दूतावासमा आयोजित कार्यक्रममा पाहुनाहरुको स्वागत गर्दै फ्रान्सका लागि नेपाली राजदूत मोहनकृष्ण श्रेष्ठले देशमा आर्थिक कुटनीतिको माहोल व्याप्त भइराखेको सन्दर्भमा भ्रमण महत्वपूर्ण भएको कुरा बताउनुभयो । वहांले नेपालको प्राकृतिक सौन्दर्यदेखि हिमाल, पहाड, पर्यटन तथा संस्कतिको विशिष्ट महत्व भएको कुरा दर्शाउंदै सरकारले लागु गर्दैआएको आर्थिक कुटनीतिका उद्देश्यहरुको व्याख्या पनि गर्नुभयो । करिब ६२ वर्षअघि नेपालको दौत्य सम्बन्ध स्थापित भएको युरोपको समृद्ध मुलुक फ्रान्स नेपालमा लगानी गर्ने मुख्य १० देशभित्र पर्ने जानकारी उहांले दिनुभयो ।
नेपाल तथा फ्रान्सबीच रहंदै आएको घनिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल तथा फ्रान्सका व्यापारीहरुले आपसी सहयोग तथा व्यापारको दायरालाई फराकिलो गरी दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन थप योगदान दिन पनि राजदूत श्रेष्ठले आह्वान गर्नुभयो । प्रमुख अतिथि रोजर लाकानले राजदूत श्रेष्ठ फ्रान्सको राजदूत रहनुभएपछि दुई देशबीचको समबन्धलाई गतिशील बनाउन उहांले गर्दैआउनुभएको प्रयासको प्रशंसा गर्नुभएको थियो ।
स्मरण रहोस्, आगामी मे महिनामा फ्रान्समा नेपाली उत्पादनको प्रदर्शनी हुने भएको छ । उक्त नेपाल मेलामा नेपाली उत्पादनको प्रदर्शनीका साथै नेपालमा लगानीको अवसरबारे अन्तरक्रिया पनि आयोजना गरिने बताइएको छ । यसबारे महासंघ, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, दूतावास र नेपाल–फ्रान्स चेम्बर अफ कमर्सबीच समझदारी भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशभर २३५१ जनामा कोारेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको