एमालेका असन्तुष्टहरुले १८ गते नयां पार्टी घोषणा गर्ने

८ आश्विन २०६९, सोमबार ०७:४९ मा प्रकाशित

काठमाडौं, ८ असोज । एमालेका आदिवासी–जनजाती नेताहरुले नयां पार्टी गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । पार्टीको वैचारिक तयारी सकिएकोले असोज १८ गते राजधानीमा राष्ट्रिय भेलाको आयोजना गरी पार्टी घोषणा गरिने एमालेका असन्तुष्ट नेताहरुले जनाएका छन् ।
नयां पार्टी बनाउन सबै तयारी पूरा भएको असन्तुष्ट नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । पार्टीले पहिचानको मुद्दा नसमेटेको भन्दै उमाले उपाध्यक्ष नयां पार्टी निर्माणको तयारीमा लागेका हुन् ।
तर, नयां पार्टी गठनमा सुरुमा निकै अगाडि देखिएका पोलिटब्युरो सदस्य पृथ्वी सुव्बा गुरुङ भने नयां पार्टी खोल्नुको कुनै औचित्य नभएको निश्कर्षमा पुगेका छन् । पूर्ववत रुपमा पार्टीमा फर्किएर जिम्मेवारी सम्हाल्नसमेत उनले अन्य असन्तुष्ट नेताहरुलाई आग्रह गरेका छन् । यस्तै किरण गुरुङ र दलबहादुर राना पनि तटस्थ बस्ने रणनीतिमा रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन

काठमाडौं । जसपा नेता डा. बाबुराम भट्टराईले पाँच ‘स’को सपना देखेर एकीकृत माओवादी त्यागेको ६  वर्ष पूरा भएको छ । संविधान

काठमाडौं । यदि संसद् सचिवालयमा कार्यरत एक महिलासँग अन्तरंग सम्बन्ध जोडिएको घटना सार्वजनिक नभएको कृष्णबहादुर महराले अहिले माओवादी केन्द्रमा ठूलै

काठमाडौं ।सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि नयाँ मन्त्री नियुक्त गर्नुअघि राजनीतिक दलसम्बन्धी अध्यादेशबारे निर्णय गर्नुपर्ने सहमति भएको छ ।